पास रद्द भएको एक घण्टामै काठमाडौं आउने अनुमति पाए पूर्वराजपरिवारले

काठमाडौं। लकडाउनका कारण झापाको दमकमा रहेका पूर्वराजपरिवारले पास रद्द भएको एक घण्टामै पुनः काठमाडौं आउने अनुमति पाएका छन्।

जिल्ला प्रशासन कार्यालयले हिजो पूर्वराजपरिवारलाई काठमाडौं आउन पास उपलब्ध गराएको थियो।

“हिजोदेखि गृहको सहमतिमा मात्रै पास उपलब्ध गराउनुपर्ने थियो,” झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, “शुरुमा आफ्नै हिसाबले हामीले पास जारी गरेका थियौं। फेरि प्रक्रिया पुगेन भनेर हामीले नै रद्द गरेका हौं।”

रद्द गरेलगत्तै गृह मन्त्रालयसँग सहमति मागेर एक घण्टाभित्र पुनः पास उपलब्ध गराइएको उनले बताए। पास उपलब्ध भएपछि आज बिहान पूर्वराजपरिवार काठमाडौंतिर प्रस्थान गरेको छ।

गृह मन्त्रालयले हिजोदेखि एक जिल्लाबाट अर्कोमा जाने पासहरू खारेज गर्दै अब पास स्वीकृत गर्नुपूर्व गृह मन्त्रालयसँग अनुमति लिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्