नेकपा सचिवालय बैठक सकियो, स्थायी कमिटीबारे नीति तथा कार्यक्रमपछि छलफल हुने

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरकारले आज ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गरेर सकिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न संघीय संसदका दुवै सदनको संयुक्त वैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दैछिन्।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे सचिवालय सदस्यहरूको सुझाव लिन बैठक बोलाएका थिए।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नीति कार्यक्रमबारे सदस्यहरुले महत्वपूर्ण सुझाव दिएको बताए। उनले सचिवालय बैठकमा स्थायी कमिटी बैठकका विषयमा नीति तथा कार्यक्रमपछि मात्र छलफल गर्ने समझदारी भएको समेत बताए।

यसअघि दुई पटक स्थगित भएको स्थायी कमिटी बैठक बोलाउने विषयमा नीति तथा कार्यक्रमपछि अध्यक्षद्वय र सचिवालय बैठकमा छलफल भएपछि बैठकका विषयमा टुंगो लाग्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्