भारतीय नागरिकहरूलाई स्वदेश फर्काउने तयारी

कैलाली। भारत सरकारको आग्रहमा कैलालीमा रहेका भारतीय नागरिकहरूलाई स्वदेश फर्काउने तयारी थालिएको छ।

काठमाडौंस्थित भारतीय दूतावासको आग्रहमा कैलालीका विभिन्‍न स्थानमा रहेका भारतीय नागरिकको नामावली संकलन गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरूलाई भारत पठाउने प्रकृया थालिएको बताएको छ।

आजसम्म विभिन्‍न स्थानीय तहमा रहेका आठ सयभन्दा बढी भारतीयको नामावली संकलन भइसकेको र आवश्यक प्रकृया पूरा हुनासाथ उनीहरूलाई भारत पठाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए।

टीकापुरमा रहेका २६ र जोशीपुरमा रहेका चारजना भारतीय नागरिकलाई आज बसमा धनगढी ल्याइएको छ।

उनीहरूलाई धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा राखिएको छ। त्रिनगरमा एक सय तीनजना भारतीय नागरिक पहिलेदेखि नै क्‍वारेन्टाइनमा छन्।

जिल्लाभरिका नामावली संकलन पूरा भइसकेपछि भारतीय नागरिकहरूलाई स्वदेश फर्काइने जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्