काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नेपाल-भारत सीमामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन सरकारसँग माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उनीहरूलाई घर फर्कन दिएर सरकार हुनुको दायित्व निर्वाह गर्न आग्रह गरेका हुन्।
नेपालीहरू कयौं दिनदेखि नाकामा अलपत्र अवस्थामा स्थितिमा रहेको पछिल्लो चौबीस घण्टामा थप हजारौं सीमा क्षेत्रमा आइपुगेको कांग्रेस केन्द्रीय कार्यालयमा जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
“भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउने बारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरू अलपत्र स्थितिमा छन्”, विज्ञप्तिमा भनिएको छ।
जोखिम रहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुने भन्दै कांग्रेसले लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्ने बताएको छ।
उनीहरुलाई कडाइका साथ क्वारेन्टाइनमा राखेर परीक्षण पछि सुरक्षित रूपमा घर पुर्याउने प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नेपाल-भारत सीमामा अलपत्र नेपालीलाई तत्काल प्रवेश दिन सरकारसँग माग गरेको छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उनीहरूलाई घर फर्कन दिएर सरकार हुनुको दायित्व निर्वाह गर्न आग्रह गरेका हुन्।

">