सरकारले बन्दाबन्दीमा अत्यावश्यक वस्तुको अभाव हुन दिएन: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दाबन्दीको समयमा सरकारले अत्यावश्यक वस्तुको अभाव हुन नदिएको बताएकी छन्।

प्रतिनिधि सभामा आगामी वर्षको नीति तथा कार्यक्रमको घोषणा गर्ने क्रममा उनले दैनिक उपभोग्य वस्तुका लागि आवश्यक पर्ने सामानहरूको अभाव हुन नदिएको बताएकी हुन्।

उनले भनिन्, “बन्दाबन्दीमा सरकारले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज हुने व्यवस्था गरेको छ।”

यस्तै उनले महामारी र बन्दाबन्दीबाट प्रभावित बनेका उद्योग व्यवसायहरूलाई सरकारले सहुलियतको व्यवस्था गरिएको बताइन्।

नेपालका गरीब, विपन्न परिवार तथा रोजगारी गुमाएका परिवारलाई स्थानीय तहसँग मिलेर राहतको व्यवस्था मिलाइएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्