खनिज पदार्थ उत्खननमा सरकारको विशेष जोड

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले खनिज पदार्थको उत्खननमा जोड दिइने बताएकी छिन्।

प्रतिनिधि सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले खनिज पदार्थको उत्खननबाट रोजगारी सिर्जना गर्न तथा आर्थिक विकासका लागि सरकारले खनिज पदार्थको उत्खननमा जोड दिएको बताएकी हुन्।

खासगरी पछिल्लो समय सरकारले धौहादीको फलाम खानीको उत्खननलाई विशेष जोड दिएको छ।

सरकारले नवलपरासी जिल्लामा रहेको फलाम खानीबाट फलाम उत्पादन गर्ने लक्ष्य लिएको छ।

स्वदेशी फलाम खानी सञ्चालन गरेर विदेशबाट आयात हुँदै आएको फलाम आयातलाई प्रतिस्थापन गर्ने गरी धौवादी फलाम खानी कम्पनीसमेत स्थापना भइसकेको छ।

यस्तै, दैलेखमा भेटिएको पेट्रोल खानीको अन्वेषणसमेत गरिरहेको छ।

चीन सरकारसँगको समन्वयमा सरकारले दैलेखमा उत्खनन गर्ने लक्ष्यसहित अन्वेषण गरिरहेको हो।

प्रतिक्रिया दिनुहोस्