ठूला आयोजना समयमै सम्पन्‍न गर्ने, फजुल खर्च कटौती
काठमाडौं। सरकारले निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने बताएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा ठूला आयोजना तोकिएकै समयमा पूरा गर्ने बताएकी हुन्।

आयोजना व्यवस्थापनलाई सुदृढ बनाई आयोजना निर्धारित समयमै सम्पन्न गर्ने सरकारको नीति रहेको उनले बताइन्।

कतिपय आयोजना पुनः संरचना र पुनःप्राथमिकीकरण गरेर अगाडि बढाउने सरकारले बताएको छ। निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने सरकारको नीति रहेको राष्ट्रपति भण्डारीले बताइन्।

सरकारले फजुल खर्च तथा अनावश्यक खर्च कटौती गरी भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने जनाएकाे छ।

आगामी वर्ष ठूला पूर्वाधार आयोजनामा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले बनाएको भण्डारीले बताइन्। त्यसैगरी नेपालमा लगानीको वातावरण सुध्रिएको पनि उनले बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्