तीन वर्षभित्र सुकुम्वासी समस्या र अव्यवस्थित बसोबास अन्त्य गरिने
<p>काठमाडौं। सरकारले आउँदो तीन वर्ष भित्र देशैभर रहेका सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताएको छ।</p>
<p>आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो रणनीति र कार्यक्रम अघि सारेको हो।</p>
<p>हालसम्म २८ हजार मुक्त कमैयाको पुनर्स्थापना गरिसकेको भन्दै सरकारले बाँकी रहेको समस्या समाधान गर्न भूमिसम्बन्धी आयोग गठन गरिसकेको छ।</p>
<p>सरकारी, सार्वजनिक गुठी जग्गामा भएको अतिक्रमण हटाएर प्रदेश सरकार, स्थानीय तह र समुदायको सहभागितामा संरक्षण अभियान सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्