नागढुंगा-नौबीसे सुरुङ एक वर्षभित्रै एक किलोमिटर निर्माण गरिने
<p>काठमाडौं। सरकारले नागढुंगा-नौबीसे सुरुङ मार्गको एक किलोमिटर सुरुङ आगामी आर्थिक वर्षमा निर्माण गरिने जनाएको छ।</p>
<p>आज संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो।</p>
<p>यो सुरुङमार्ग निर्माणको काम शुरु भइसकेको उल्लेख गर्दै सरकारले कूल २.६ किलोमिटरमध्ये आगामी वर्षमा एक किलोमिटर सुरुङ निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।</p>
<p>त्यस्तै देशका विभिन्न स्थानमा पनि सुरुङ मार्ग निर्माणको काम अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ।</p>
प्रतिक्रिया दिनुहोस्