सरकारको घोषणा- 'लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्छौं'
काठमाडौं। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको भन्दै त्यसलाई आफ्नो नक्सामा ल्याउन ठोस कुटनीतिक पहल गर्ने जनाएको छ।

आज राष्ट्रपटि विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारकाले अन्तर्राष्ट्रिय सीमाको संरक्षण र सम्बर्र्धन गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

ऐतिहासिक सन्धि, सम्झौता र भारतसँग सीमा सम्बन्धमा लामो समयदेखि बाँकी रहेका विषयलाई कुटनीतिक रुपले अघि बढाउने सरकारले आफ्नो कार्यक्रममा समावेश गरेको छ।

छुटेको भूमि पनि समावेश गरेर नेपालको नक्सा जारी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन सुविधा सम्पन्न बीओपी स्थापना गर्ने सरकारले घोषणा गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्