काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा खेलकुद पूर्वधार निर्माणमा जोड दिने भएको छ। सँगै उच्च पर्वतीय खेलुकद तालिम केन्द्रको स्थापनालाई प्राथमिकतामा राखिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरमा खेलकुदका सुविधासम्पन्न पूर्वाधार निर्माण तथा स्तरोन्नती गर्ने कामलाई निरन्ता दिइने बताएकी हुन्।
‘‘१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालले हालसम्मकै सबैभन्दा बढी ५१ स्वर्णसहित २०७ पदक जितेको छ। राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्न सकिने गरी खेलाडीको क्षमता विकास गरिनेछ,’’ राष्ट्रपति भण्डारीले भनिन्, ‘‘निजी क्षेत्रबाट पहल गरिएका खेलकुद पूर्वाधार निर्माणलाई प्रोत्साहन गरिनेछ।’’
गत वर्षको नीति तथा कार्यक्रममा सरकारले काठमाडौंको मूलपानीमा निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान आगामी दुई वर्षभित्र संचालनमा ल्याइने, निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेटलगायतका खेल मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोन्साहन गर्ने बताइएको थियो। त्यस्तै क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ बताइएको थियो।
त्यस्तै गत वर्ष सरकारले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जनाएको थियो।
सात वटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र स्थानीय तहमा दीर्घकालीन महत्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीब्रता दिइने बताइएको थियो।
सरकारले गत वर्ष आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरी २०१९ भित्रै तेह्रौं दक्षिण एसियलाी खेलकुद प्रतियोगिता आयोजना गरिने बताएको थियो।
जुन गत मंसीरमा सफलतापूर्वक सम्पन्न भइसकेको छ।
" /> काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा खेलकुद पूर्वधार निर्माणमा जोड दिने भएको छ। सँगै उच्च पर्वतीय खेलुकद तालिम केन्द्रको स्थापनालाई प्राथमिकतामा राखिएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरमा खेलकुदका सुविधासम्पन्न पूर्वाधार निर्माण तथा स्तरोन्नती गर्ने कामलाई निरन्ता दिइने बताएकी हुन्।

">