सातै प्रदेशमा खाद्यान्न भण्डारण केन्द्र स्थापना गरिने

काठमाडौं। सरकारले विदेशबाट आउने खाद्यान्नको आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रमको घोषणा गर्दै स्थानीय उत्पादनलाई बढावा दिँदै विदेशबाट आउने खाद्यान्नको आयात प्रतिस्थापन गर्ने बताइन्।

यस्तै आगामी आर्थिक वर्षदेखि तीनै तहको सरकारको समन्वयमा बजार अनुगमनलाई तीव्रता दिइने भएको छ।

अनुगमनलाई तीव्रता दिएर उपभोक्ता हित विपरीत संलग्न हुने जोकोहीलाई कारबाहीको दायरामा ल्याइने भएको हो।

त्यसैगरी सरकारले प्रत्येक प्रदेशमा खाद्यान्न भण्डारण केन्द्रको स्थापना गर्ने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेड्रिङमार्फत् सरकारले प्रत्येक प्रदेशमा ३० हजार मेट्रिकटन क्षमताको खाद्यान्न भण्डारण केन्द्र स्थापना गर्ने भएको छ।

निजी क्षेत्रसँगको सहकार्यमा उत्पादित सामग्रीको भण्डारण गर्न गोदाम निर्माण तथा बजारको व्यवस्थापन गर्ने तयारीसमेत सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्