काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय स्थल सेनाप्रमुख एमएम नरवानाको भनाइप्रति आपत्ति जनाएका छन्। भारतले अतिक्रमण गरी सैनिक कब्जामा राखेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालले हालै आफ्नो दावी गरेको थियो।
भारतले नेपाली भूमि हुँदै लिपुलेकसम्म बाटो खनेपछि नेपालले ती भूमि आफ्नो भएको दावीसहित त्यसको विरोधमा भारतलाई कुटनीतिक नोट पठाएको थियो। भारतीय स्थल सेनाप्रमुख नरवानाले चीनतर्फ संकेत गर्दै नेपालले अरूकै इसारामा त्यस्तो दावी गरेको बताएका थिए।
आज ट्वीट गर्दै नेकपा प्रवक्ता श्रेष्ठले भनेका छन्- ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपालको अडानप्रति भारतीय सेनाप्रमुखको अभिव्यक्ति आपत्तिजनक छ।’ भारतले बनाएको धार्चुला- ‘लिपुलेक सकडप्रति पनि आपत्ति जनाएका नेकपा प्रवक्ता श्रेष्ठले अगाडी लेखेका छन्( नेपाल सँधै सार्वभौम र स्वतन्त्र देशको रूपमा रहेको छ। उनले आफ्नो भनाइ सच्याउनुपर्छ।’
यो कालापानी क्षेत्रमा मात्रै भारतले ३७२ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको छ। आफैंले ‘विवादास्पद भूभाग’ भन्दै आएको यो क्षेत्रमा एकतर्फी गतिविधि जारी राखेको भारतले छलफलका लागि नेपालले गर्दै आएको प्रस्तावलाई भने वेवास्ता गर्दै आएको छ। गत वर्षको कात्तिकमा भारतले ती नेपाली भूभागसमेत आफ्नो सीमाभित्र पारेर राजनीतिक नक्शा सार्वजनिक गरेको थियो।
नेपाल कहिल्यै पनि कसैको उपनिवेश नबनेको बताउँदै प्रवक्ता श्रेष्ठले 'हाम्रो भूमिमा कसैको अतिक्रमण र आन्तरिक मामिलामा कसैको हस्तक्षेप सहन्नौं' भनेका छन्। 'हाम्रो मातृभूमिको रक्षा गर्ने हाम्रा पुर्खाप्रति हामी गौरवान्वित छौं। उनीहरूप्रति बफादार रहँदै हामी हाम्रो भूमि रक्षा गर्न प्रतिवद्ध छौं,' पूर्वपरराष्ट्रमन्त्री रहिसकेका श्रेष्ठले लेखेका छन्- 'आफ्नो अडान राख्नका लागि हामीलाई कसैको इसारा चाहिँदैन। हामी आग्रह गर्न (भारतलाई) चाहन्छौं। (छलफलमा) बसौं र समाधान गरौं।'
" /> काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय स्थल सेनाप्रमुख एमएम नरवानाको भनाइप्रति आपत्ति जनाएका छन्। भारतले अतिक्रमण गरी सैनिक कब्जामा राखेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालले हालै आफ्नो दावी गरेको थियो।भारतले नेपाली भूमि हुँदै लिपुलेकसम्म बाटो खनेपछि नेपालले ती भूमि आफ्नो भएको दावीसहित त्यसको विरोधमा भारतलाई कुटनीतिक नोट पठाएको थियो। भारतीय स्थल सेनाप्रमुख नरवानाले चीनतर्फ संकेत गर्दै नेपालले अरूकै इसारामा त्यस्तो दावी गरेको बताएका थिए।

">