पेट्रोलियम पदार्थको मूल्य यथावत् <p>काठमाडाैं। नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ।</p> <p>पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आईओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ ५६ पैसा बढेर आएको भए पनि कोभिड-१९ को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।</p> <p>आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजलमा प्रतिलिटर २८ पैसा घटेर आएको छ। आईओसीले हरेक १५/१५ दिनमा पठाउने नयाँ मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।</p> <p>कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सरकारले झण्डै ५५ दिनदेखि लकडाउन गरेसँगै नेपालमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै घटेको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्