जलवायु परिर्वतन सम्बन्धी बहसमा विश्वका धेरै मानिस सहभागी हुने गरेका छन्। यो बहसको केन्द्रमा विश्वको तापमान १ दशमलव ५ डिग्री सेल्सियस बढ्दा के हुन्छ भन्ने रहने गरेको छ ।
यो अंकको पछाडी पेरिस सम्झौतामा तय गरिएको अवधारणाले काम गरेको छ । सन् २०१५ मा पेरिसमा भएको सम्झौतामा विश्वका अधिकांश देश बढ्दो तापक्रमलाई १ दशमलव ५ डिग्री सेल्सियस कायम राख्न सहमत भएका थिए ।
मौसम परिर्वतन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था– संयुक्त राष्ट्रसंघको निकायले सन् २०१८ सम्म जलवायु परिर्वतनबारेको अनुसन्धान फेरी सुचारु गर्ने निर्देशन दिएको थियो।
एक विशेष रिर्पोटमा जनाइएअनुसार जलवायु परिर्वतन सोचेभन्दा तीव्र भइरहेको छ । यसले ल्याउने परिणाम निकै चिन्ताजनक छ ।
क्विन्सल्याण्ड विश्वविद्यालयको ओभ होग–गुल्डबर्ग र यस क्षेत्रमा काम गर्ने विश्वभरिका केही मानिस मिलेर एक अन्वेषणको नतिजा प्रकाशन गरेका छन् । उक्त अध्ययनले १ दशमलव ५ डिग्री सेल्सियसको तापक्रमको महत्व कति छ भन्ने कुरा देखाएको छ।
जलवायुमा आएको खराबीका कारण विश्वकै मानिसको जीवन र सिंगो पर्यावरणमा समस्या निम्तिएको छ । तातो हावाको बहाव, खडेरी, आँधिबेहरी र भूक्षयदेखि जलवायुसँग सम्बन्धित अन्य अत्यास लाग्दा घटना निरन्तर भइरहेका छन् । यी घटनाको दर अप्रत्यासित रूपमा तीव्र भएको छ । जलवायु परिवर्तन नभएको भए यस्तो हुने सम्भावना कम थियो ।
तापमानमा आएको वृद्धि र समुद्रको अम्लियपनका कारण सन् १९८० यता समुद्रमा पनि अनेकन् परिवर्तन आइरहेछ । बासस्थान डुवानका कारण जंगली जनावरले मानवीय बस्तीमा अतिक्रमण गर्ने क्रम बढेको छ। वनजङ्गलमा लाग्ने आगोका कारण उत्तर अमेरिका र साइवेरियामा कार्बन भण्डारमा ठूलो क्षति पुर्याएको छ । त्यस्तै ऋतु परिवर्तन अनियमति हुँदा एक अर्कामा निर्भर विभिन्न प्रजातिलाई हानी पुर्याएको छ ।
यति ठूलो जलवायु परिवर्तनको मुख्य कारण अनियन्त्रिक कार्बन उत्र्सजन नै हो । जति धेरै कार्बन उत्सर्जन हुन्छ त्यति नै मात्रामा समाज र पर्यावरणलाई क्षति पुग्नेछ ।
१ दशमलव ५ डिग्री सेल्सियसमा पुगेको अवस्थामा पनि हाम्रो पृथ्वीलाई यसले असर पुर्याउने देखिन्छ। यद्यपि १ दशमलव ५ डिग्री सेल्सियस र २ डिग्री सेल्सियसबीचको फरक भयावह देखिन्छ। जसले मानवजाति र पर्यावरणबीचको द्वन्द्व बढाउने खतरा छ।
जलवायु परिवर्तनको रणभूमि
संसारको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस भए के होला ?
वैज्ञानिकहरू भन्छन्, २० मध्ये एक किरा र ढाड भएका प्रजातिका जीव हराउनेछन् । १० मध्येका एक बोट बिरुवा पनि हराउनेछन् ।
दुई डिग्री भए के होला ?
बोटबिरुवा र ढाड भएको जीव हराउने अवस्था दोब्बर हुन्छ भने किरा हराउने क्रम तीन गुणाले बढ्छ।
हाम्रो संसारमा भएका यति विघ्न प्रजाति हराउने हो भने पारिस्थितिक प्रणाली नै विनाश हुनेछ । हामी स्वस्थ पारिस्थितिक प्रणालीमा र प्रागसेचनको प्रक्रियाबाट खाद्यान्न उब्जने प्रक्रियामा विश्वास गर्छौँ । त्यसका लागि जमिनको उर्वरता बचाउनुपर्छ । भूक्षयबाट जमिनलाई जोगाउनुपर्छ ।
जलवायु परिर्वतनबाट जोगिने एउटै मात्र उपाय हो, जिउने तरिकामा परिवर्तन गर्नु । जीवनशैलीमै परिवर्तन सहज त अवश्य छैन ।
पानीको स्वच्छतालगायत यावत विषयमा पनि हामीले ध्यान पुर्याउनुपर्छ। मानिसको जिजिविसा र समृद्धिका लागि पनि पारिस्थितिक प्रणालीको संरक्षण अत्यावश्यक छ। एक अध्ययनले देखाएअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस पुग्दा समुद्री सतह एक मिटरले बढ्नेछ । तापक्रम २ डिग्री सेल्सियस पुग्दा एक मिटर २६ सेन्टिमिटरले बढ्नेछ ।
पृथ्वीको तापमान १ दशमलव ५ डिग्रीबाट २ डिग्री पुग्दा ग्रीनल्याण्ड र पश्चिम अन्टार्कटिकाका हिउँका चाक्ला ढिक्काहरू (आइस सिट) अप्रत्याशित रूपमा घट्नेछ । आइस सिट पग्लिँदा समुद्र सतह आउँदा दुई शताब्दीसम्ममा दुई मिटरले बढ्नेछ । जसकारण प्रत्येक वर्ष दशौं लाख मानिस बाढीको जोखिममा पर्नेछन् ।
समुन्द्र किनारका शहरमा वा साना टापुमा बस्ने मानिसलाई बासस्थान अथवा साना टापुमा बस्ने मानिसलाई बासस्थान छोड्नुको विकल्प रहनेछैन ।
फरक बाटो
जलवायु परिर्वतनको असर बढ्दो छ । सन् १८५०–७९ को बीचमा पृथ्वीको तापक्रम १ दशमलव १ सेल्सियसले बढेको थियो। तर, सन् २०११–२०१५ को बीचमा मात्रै शुन्य दशमलव २ डिग्रीले बढेको छ। गएको चार वर्षमा विश्वको तापमान अहिलेसम्मकै उच्च भएको मापन गरिएको छ।
यी सबै जानकारी हुँदा पनि विश्वका कैयौँ देशले जलवायु परिर्वतनलाई सही तरिकाले सम्बोधन गर्न सकेका छैनन्। यही हिसाबले जाने हो भने प्रतिबद्धता जनाइए अनुसारको १ दशमलव ५ डिग्री सेल्सियसमा कायम रहनु त परै जाओस् २ डिग्रीमा रहन पनि गाह्रो छ ।
यही क्रम रहने हो भने हामी केही वर्षभित्रै २ दशमलव ९ डिग्री सेल्सियसदेखि ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम पुग्नेछ। विश्वको तापक्रमलाई १ दशमलव ५ डिग्रीमा कायम राख्न सकियो भने खर्बौँ रूपैयाँ जोगाउन सकिन्छ । यसले हाम्रो ऊर्जा प्रणाली पनि बचत गर्नेछ।
जलवायु परिवर्तन प्राज्ञिक र आर्थिक चिन्ताको विषय मात्रै होइन। यो लाखौँ मानिस र जीवजन्तुको जीवनमरणसँग पनि सम्बन्धित विषय हो। जलवायु परिर्वतनसँग जुध्ने काम मानव इतिहासकै कठिनमध्येको एक प्रयत्न हो। यसको कुनै सरल समाधान छैन।
जलवायु परिर्वतनबाट जोगिने एउटै मात्र उपाय हो, जिउने तरिकामा परिवर्तन गर्नु। जीवनशैलीमै परिवर्तन सहज त अवश्य छैन। तर मानव जाति, पारिस्थितिक प्रणाली र वन्यजन्तुको रक्षा गर्ने हो भने यो उपायको विकल्प छैन।
- द कन्भरसेसनबाट अनुदित
(वारेन ‘यूनिभर्सिटी अफ् इस्ट एन्जिला’ मा ग्लोबल चेन्जका प्राध्यापक हुन् भने ब्राउन ‘युनिभर्सिटी अफ् साउथेम्प्टन’का सिनियर रिसर्च फेलो हुन् ।)
" /> जलवायु परिर्वतन सम्बन्धी बहसमा विश्वका धेरै मानिस सहभागी हुने गरेका छन्। यो बहसको केन्द्रमा विश्वको तापमान १ दशमलव ५ डिग्री सेल्सियस बढ्दा के हुन्छ भन्ने रहने गरेको छ ।

">