काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस संक्रमणबाट सिन्धुपाल्चोकको बाह्रविसेकी महिलाको मृत्युको खबरले आफूलाई दुःखित तुल्याएको बताएका छन्।
आज राति सामाजिक सञ्जाल ट्वीटरमार्फत् सभामुख सापकोटाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छन्।
सभामुख सापकोटाले सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ आवश्यक सुरक्षा र परीक्षणको व्यवस्था मिलाउन लागिएको बताएका छन्। उनले सतर्कता अपनाउन र संयमित बन्न पनि आग्रह गरेका छन्।
मृतक महिलाको ठेगाना बाह्रविसे, सभामुख सापकोटा प्रतिनिधि सभा सदस्यमा निर्वाचत निर्वाचन क्षेत्र अन्तर्गत पर्छ।
" /> काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस संक्रमणबाट सिन्धुपाल्चोकको बाह्रविसेकी महिलाको मृत्युको खबरले आफूलाई दुःखित तुल्याएको बताएका छन्।आज राति सामाजिक सञ्जाल ट्वीटरमार्फत् सभामुख सापकोटाले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छन्।

">