प्रधानमन्त्रीले भने- 'महामारीबाट मानवीय क्षति रोक्ने पहल सशक्त बनाउँछौं'
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमणको महामारीबाट अरू मानवीय क्षति रोक्न सरकारले जारी प्रयासलाई थप सशक्त बनाउने बताएका छन्।</p>
<p>सिन्धुपाल्चोककी एक सुत्केरीको कोभिड-१९ बाट मृत्यु भएपछि त्यसले आफूलाई अत्यन्त दुःखी तुल्याएको भन्दै प्रधानमन्त्री ओलीले समवेदना व्यक्त गरेका छन्।</p>
<p>आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गरेका छन्।</p>
<p>कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने सरकारको प्रयासका बावजुद पनि मृत्यु भएको भन्दै प्रधानमन्त्रीले दुःख जनाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्