लकडाउन थपबारे निर्णय गर्न आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। पर्सि, ६ जेठदेखि लकडाउनको अवधि र स्वरूपबारे निर्णय गर्न आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै ११ चैतदेखि दैशैभर लकडाउन जारी छ।

संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको पछिल्लोपटक थपिएको अवधि भोलि, ५ जेठमा सकिँदैछ।

आज दिउँसो साढे २ बजे बस्‍ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकको सिफारिस बमोजिम सरकारले लकडाउनक थप्‍ने/नथप्‍ने कति दिन थप्‍ने र स्वरूप कस्तो हुनेबारे निर्णय गर्ने बताइएको छ।

नेपालमा कोभिड-१९ बाट हिजो सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको छ।

कूल संक्रमित २९१ जना पुगेका छन् भने ३६ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्