ओबामाले ट्रम्पमाथि लगाए 'अराजक विध्वंस' गरेको आरोप
काठमाडौं। संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले विश्वव्यापी महामारीको समयमा अश्वेत समुदायमाथि बढी मार परेको भन्दै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्।
अमेरिकामा बहालवाला राष्ट्रपतिलाई पूर्वराष्ट्रपतिले निकै कम आलोचना गर्ने गर्छन्।
“इमान्दार भएर भनौं, कोभिडजस्तो रोगले यो देशमा अश्वेत समुदायले इतिहासदेखि भोग्नुपरेको असमानता र अतिरिक्त बोझलाई सतहमा ल्याइदिएको छ”, ऐतिहासिक रुपमा अश्वेत कलेज र विश्वविद्यालय भनेर चिनिने शैक्षिक संस्थाबाट ग्य्राजुएसन उत्तीर्ण गरेका विद्यार्थीलाई अनलाइन मन्तव्य दिँदै ओबामाले भने, “हामीले कोभिड–१९ का कारण हाम्रो समुदायमा विषम असर पारेको देखिरहेका छौँ।”
ओबामाले अमेरिकाको संघीय सरकारले गरेको अभ्यासको आलोचना गर्दै भने, “सबैभन्दा बढी त यो विश्वव्यापी महामारीले नेतृत्वमा भएका मानिसहरुले के गरेका छन् भन्ने पर्दा उघारिदिएको छ। त्यसमध्ये कतिपयले त आफू दायित्वमा नभएको जस्तो देखाउन पनि खोज्छन्।”
अमेरिकामा कोभिड-१९ का कारण दुईवटा असर प्रष्ट देखिएका छन्। एकातिर अश्वेत समुदायलाई रोगले बढी असर पारेको छ भने महामारीका कारण अर्थतन्त्र धरासायी भइरहेको छ।
“यो सामान्य समय होइन। हामीले महामारी र डरलाग्दो मन्दीका बीच समाधान खोज्नु छ”, ओबामाले भने।
अफ्रिकी-अमेरिकीहरूको हत्या हुने गरेको प्रसंग उल्लेख गर्दै अफ्रिकी–अमेरिकीहरुले भोग्नुपरेको अन्याय नयाँ नभएको उल्लेख गरे।
एक अफ्रिकी-अमेरिकी अहमुद आर्बेरीलाई प्रातः भ्रमण गरिरहेको बेलामा एक श्वेत पूर्व प्रहरी अधिकारीले हत्या गरेको चर्चा गरेका थिए।
“हामीले देखिरहेका छौं, जब कोही अश्वेत मानिस जगिङमा जाान्छ र केही मानिसले उसलाई रोक्छन्, प्रश्न गर्छन् र गोली हान्छन्”, ओबामाले भने।
ओबामाले सकेसम्म ट्रम्पको कार्यक्षमताको आलोचना गर्न नखोज्ने गरेका छन्।
तर, पछिल्लो हप्ता सार्वजनिक भएको एउटा फोन कलमा उनले कोभिड-१९ सँग जुध्न अमेरिकी सरकारले गरेको अभ्यासको टिप्पणी गर्दै ‘अराजक विध्वंस’ भनेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्