काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले कोरोना महमारी केन्द्रित भएर नै आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको बताएका छन्।
नेम्वाङले संसदमा बोल्दै ‘फूलको आँखामा फूलकै संसार, काँडाको आँखामा काँडै संसार’ भनेजस्तो हुने भन्दै प्रतिपक्षले सरकारको नीति तथा कार्यक्रमको विरोध गर्नु लोकतान्त्रिक प्रणालीमा स्वभाविक भएको बताए।
“कोरोनाविरूद्धको लडाइँ चुनौतीपूर्ण छ। सरकारले यसमा ध्यान दिएको छ। कोरोनाले पारेको प्रभावको अध्ययन गरेर त्यसअनुसारका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ”, नेम्वाङले भने।
उनले संसदमा कथा सुनाउँदै भने, ‘उसिन्नुपर्ने अण्डालाई किन अम्लेट बनाएको र अम्लेट बनाउनुपर्ने अण्डालाई किन उसिनेको ?’ भन्नेजस्तो गरी प्रतिपक्षबाट प्रतिक्रिया आउने गरेको नेम्वाङले बताए।
नीति तथा कार्यक्रममा शान्ति प्रक्रियालाई चाँडै निश्कर्षमा पुर्याउने विषय समावेश भएको र संसदको यसै अधिवशेनमा शान्ति प्रक्रिया टुंग्याउने गरी विधेयक आउने आशा गरिएको उनले बताए।
त्यसैगरी, नेपालको सीमानका विरूद्धमा भारत र चीनले गरेको सम्झौतालाई मान्न नसकिने उनले बताए।
सरकारले आगामी वर्षमा विकासका लागि ठोस आधार तयार गर्ने गरी केही अभियान शुरू गर्न लागेको, रोजगारी सिर्जनामा ध्यान दिएको भन्दै नीति तथा कार्यक्रमको प्रतिरक्षा गरे।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले कोरोना महमारी केन्द्रित भएर नै आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको बताएका छन्।नेम्वाङले संसदमा बोल्दै ‘फूलको आँखामा फूलकै संसार, काँडाको आँखामा काँडै संसार’ भनेजस्तो हुने भन्दै प्रतिपक्षले सरकारको नीति तथा कार्यक्रमको विरोध गर्नु लोकतान्त्रिक प्रणालीमा स्वभाविक भएको बताए।

">