काठमाडौं। लकडाउनको मोडालिटी र अवधिबारे छलफल गर्न कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक शुरू भएको छ।
सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरू भएको उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताए।
कोरोना भाइरस संक्रमण फैलिन नदिन गएको ११ चैतदेखि जारी लकडाउनको पछिल्लोपटक थपिएको अवधि भोलि, ५ जेठबाट सकिँदैछ।
संक्रमितको संख्या दिनदिनै बढिरहेको र हिजो मात्र कोभिड– १९ बाट एकजनाको मृत्यु समेत भएको सन्दर्भमा आउँदा दिनको सम्भावित भयावह अवस्थाको आकलन गर्दै लकडाउनको अवधि कति दिन थप्ने र मोडालिटी कस्तो हुनेबारे बैठकमा छलफल हुने बताइएको छ।
२ जेठमा समितिले स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेर जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताएका थिए।
आजको बैठकमा लकडाउनको समीक्षा गर्दै कति दिन लम्ब्याउने र स्वरूप कस्तो बनाउने भन्नेबारे समितिले निर्णय गरी सरकारलाई सिफारिस गर्नेछ।
आजै बेलुका ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारे आवश्यक निर्णय गर्नेछ।
" /> काठमाडौं। लकडाउनको मोडालिटी र अवधिबारे छलफल गर्न कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक शुरू भएको छ।सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरू भएको उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताए।

">