छातीमा समस्या देखिएपछि श्रममन्त्री अस्पताल भर्ना
<p>काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव अस्पताल भर्ना भएका छन्।</p>
<p>छातीमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा मन्त्री यादव भर्ना भएको उनका स्वकीय सचिव विजय यादवले जानकारी दिए। </p>
<p>“छातीमा समस्या देखिएपछि बिहान ११ बजे अस्पताल आएको हो। चिकित्सकहरूले परीक्षण गरिसकेका छन्। अहिले उहाँको अवस्था सामान्य छ”, उनले भने।</p>
प्रतिक्रिया दिनुहोस्