काठमाडौं। नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले नीति तथा कार्यक्रमहरू ठोस रूपमा प्राथमिकताका साथ नआए पनि बजेटमार्फत् सम्बोधन हुने विश्वास व्यक्त गरेका छन्।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा श्रेष्ठले कोभिड-१९ को निराकरण, नियन्त्रण र उपचार प्राथमिकताको वर्षका रूपमा अगाडि बढ्ने ठोस नीति नआएको बताए।
विपद् व्यवस्थान, विदेशमा रहेका नेपालीहरूको समस्या समाधानको विषयमा पनि नीति तथा कार्यक्रममा ठोस कुराहरू उल्लेख नभएको भन्दै उनले बजेटमार्फत् सम्बोधन हुने विश्वास व्यक्त गरेका हुन्।
अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउने र मान्छेलाई बचाउने कुरामा सरकारको ध्यान कम गएको उनले बताए। यसका लागि विशेष राहत प्याकेजको आवश्यकता रहेकाले बजेटमार्फत् आउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
“जो भोकै छन् तीनलाई बचाउन। ध्वस्त भएको पर्यटन बचाउनका लागि निश्चितरूपमा राहत प्याकेज लिएर जानुपर्छ”, उनले भने, “किसानहरूको रक्षा, सबै खाली जमिनहरूको प्रयोग गर्ने नीति, समयमै मल खादको व्यवस्थापन, सिँचाइको व्यवस्था, शीत भण्डार, सहकारीलाई प्रोत्साहित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ।”
श्रेष्ठले आजको सन्दर्भलाई ध्यान दिँदै आवश्यक पूर्ति गर्ने गरी नीति तथा कार्यक्रम आएको पनि बताए। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता स्वाभिमान र हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिवद्धता जोडदाररूपमा प्रस्तुत गरिएको उनको भनाइ छ।
लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत नेपालको अतिक्रमित भूमिलाई प्राप्त गर्न ठोस पहल कदम सरकारले लिएको उनले बताए।
" /> काठमाडौं। नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले नीति तथा कार्यक्रमहरू ठोस रूपमा प्राथमिकताका साथ नआए पनि बजेटमार्फत् सम्बोधन हुने विश्वास व्यक्त गरेका छन्।

">