तनहुँ। तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ।

चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र स्थानीयवासीको पहलमा पनि चितुवा नियन्त्रण सम्भव नभएपछि डिभिजन वन कार्यालयले विशेष सुरक्षा दस्ता खटाउन अनुरोध गरेबमोजिम गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले विशेष सुरक्षा दस्तामार्फत् चितुवा नियन्त्रणमा लिइने भएकाले यसमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे।

चितुवा नियन्त्रणका लागि नगरपालिकाका सामुदायिक वनमा एघार वटा खोर राखिएको छ। “खोर राखे पनि चितुवा नियन्त्रण हुन सकिरहेको छैन,” उनले भने, “चितुवा नियन्त्रणमा नआउँदासम्म स्थानीयवासीले सचेतना अपनाउनुपर्छ।”

खाने आहारा जङ्गलमा पाउन छाडेपछि बस्तीनजिकै आहाराको खोजीमा आउने गरेकाले चितुवाले बालबालिकामाथि आक्रमण गरेको बरालको भनाइ छ।

“साँझको समयमा बालबालिकालाई जोगाउन आवश्यक छ,” बरालले भने, “घरनजिकैको झाडी सरसफाइ घरबाहिर बत्ती लगायतको व्यवस्था गर्न सकिए आक्रमणबाट केही हदसम्म बच्न सकिन्छ।”

चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा सो नगरपालिकाका वडा नं १, २, ३ र ४ का पाँच बालबालिकाको मृत्यु भइसकेको छ भने चारजना घाइते भएका छन्।

चितुवाको आक्रमणबाट १ फागुन २०७४ मा वडा नं ३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २९ कात्तिक २०७५ मा वडा नं ४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, १५ मंसीरमा वडा नं २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र २४ जेठ मा वडा नं २ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो। रासस

" /> तनहुँ। तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरिएको छ।

चितुवा नियन्त्रणका लागि जिल्ला तहबाट प्रयास भए पनि नियन्त्रणमा गर्न नसकिएपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग विशेष सुरक्षा दस्ता माग गरेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र स्थानीयवासीको पहलमा पनि चितुवा नियन्त्रण सम्भव नभएपछि डिभिजन वन कार्यालयले विशेष सुरक्षा दस्ता खटाउन अनुरोध गरेबमोजिम गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले विशेष सुरक्षा दस्तामार्फत् चितुवा नियन्त्रणमा लिइने भएकाले यसमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे।

चितुवा नियन्त्रणका लागि नगरपालिकाका सामुदायिक वनमा एघार वटा खोर राखिएको छ। “खोर राखे पनि चितुवा नियन्त्रण हुन सकिरहेको छैन,” उनले भने, “चितुवा नियन्त्रणमा नआउँदासम्म स्थानीयवासीले सचेतना अपनाउनुपर्छ।”

खाने आहारा जङ्गलमा पाउन छाडेपछि बस्तीनजिकै आहाराको खोजीमा आउने गरेकाले चितुवाले बालबालिकामाथि आक्रमण गरेको बरालको भनाइ छ।

“साँझको समयमा बालबालिकालाई जोगाउन आवश्यक छ,” बरालले भने, “घरनजिकैको झाडी सरसफाइ घरबाहिर बत्ती लगायतको व्यवस्था गर्न सकिए आक्रमणबाट केही हदसम्म बच्न सकिन्छ।”

चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा सो नगरपालिकाका वडा नं १, २, ३ र ४ का पाँच बालबालिकाको मृत्यु भइसकेको छ भने चारजना घाइते भएका छन्।

चितुवाको आक्रमणबाट १ फागुन २०७४ मा वडा नं ३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २९ कात्तिक २०७५ मा वडा नं ४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, १५ मंसीरमा वडा नं २ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र २४ जेठ मा वडा नं २ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो। रासस

"> तनहुँमा चितुवा नियन्त्रण गर्न विशेष सुरक्षा दस्ता माग: Dekhapadhi
तनहुँमा चितुवा नियन्त्रण गर्न विशेष सुरक्षा दस्ता माग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्