उनले लकडाउनको मोडालिटी कस्तो गर्ने भन्नेबारे छलफल भएको समेत बताए।
“यसअगाडि गरिएका निर्णय, कृषि र उद्योग, ढुवानीसम्बन्धी क्रियाकलाप निरन्तर रहन्छन्। निर्माणका कुरा निरन्तर रहन्छन्”, सरकार प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले भने, “शहरी क्षेत्रमा सुरक्षित ढंगले निर्माण यथावत रहन्छन्।”
यसअघि पछिल्लोपटक थपिएको लकडाउनको अवधि भोलि, ५ जेठ राति १२ बजे सकिँदै थियो।
कोरोना भाइरस संक्रमणको जोखिम झन् बढेको भन्दै सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो।
सरकारले पहिलोपटक ९ चैतदेखि लकडाउन लागू गरेको थियो। जतिबेला नेपालमा संक्रमितको संख्या दुई जना मात्र थियो।
अहिले संक्रमितको संख्या बढेर २९५ पुगिसकेको छ भने दुई जनाले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।
संक्रमितमध्ये ३६ जना निको भएर घर फर्केका छन्।
" /> उनले भने, “जोखिम बढ्दै गएको देखिएकोले आजको बैठकले लकडाउन जेठ २० गते मध्यरातसम्मका लागि निरन्तरता दिने निर्णय गरेको छ।”उनले लकडाउनको मोडालिटी कस्तो गर्ने भन्नेबारे छलफल भएको समेत बताए।

">