काठमाडौं । ‘बिच्च बिच्चमा.....’ गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्गेशले हालै सार्वजनिक गरेको ‘ह्यापी तिहार’ गीतमाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
उनलाई थप सोधपुछको लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले देखापढीलाई जानकारी दिए ।
थापाले भने, “गीतमा लागुऔषधलाई बढावा दिने शब्दको प्रयोग भएको कारणले नियन्त्रणमा लिएका हौँ ।"
दुर्गेशले गीतमा गाँजा, बियरजस्ता शब्दको प्रयोग गरेका छन् ।
" /> काठमाडौं । ‘बिच्च बिच्चमा.....’ गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।दुर्गेशले हालै सार्वजनिक गरेको ‘ह्यापी तिहार’ गीतमाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।

">