काठमाडौं। सरकारले कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउन लम्बिँदै जाँदा गाउँ- गाउँमा उत्पादकत्वमा असर पर्ने भन्दै उनीहरूलाई सुरक्षितसाथ काम गर्न दिने तयारी गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता, अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।
“औपचारिक निर्णय भइसकेको छैन, तर यसबारे छलफल भइरहेको छ”, उनले भने।
मन्त्री खतिवडाले धेरै मान्छे क्वारेन्टाइनमा रहँदा उत्पादकत्व खेर जान सक्ने र अत्यावश्यक वस्तु उत्पादनदेखि गुजारामा समेत समस्या आउन सक्ने भएकाले उनीहरूलाई काममा जोड्ने तयारी शुरू गरिएको बताए।
“धेरै जना बाहिरबाट फर्केर आफ्नै गाउँठाउँमा क्वारेन्टाइनमा बस्नु भएको छ, उहाँहरूलाई काममा जोडिनका लागि सुरक्षाका उपाय अपनाएर कसरी काममा जोड्न सकिन्छ भनेर छलफल गरिरहेका छौं”, मन्त्री खतिवडाले भने।
‘रोग प्रतिरोधात्मक क्षमता बढाउँछौं’
मन्त्री खतिवडाले क्वारेन्टाइनमा रहँदा वा बाहिर रहँदा पनि सबैमा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने भन्नेबारे पनि सरकारले तयारी गरिररहेको बताए।
त्यसका लागि जडीबुटीजन्य र नेपालका मौलिक औषधिजन्य वस्तु उत्पादन, विकास र प्रयोगका लागि उत्पादकदेखि प्रयोगकर्तासम्मलाई प्रोत्साहन गर्ने, नागरिकको जीवनशैली परिवर्तन गर्नका लागि जनचेतना फैलाउनेलगायतका कामसमेत गरिने उनले बताए।
“हामीलाई थाहा छैन यो महामारीको जोखिम कहिलेसम्म रहन्छ”, उनले भने, “लकडाउनमा रहँदा शारीरिक जोखिम कति बढ्छ, सँगसँगै रोगप्रतिराधात्मक क्षमता बढाउनका लागि के के गर्ने भनेर छलफल गरिरहेका छौं।”
लकडाउनको मोडालिटी बदल्नेबारे छिट्टै निर्णय हुने
मन्त्री खतिवडाले लकडाउनको मोडालिटी फेरबदल गर्नेबारे उच्चस्तरीय समितिको अर्को बैठकबाट छिट्टै निर्णय हुने बताए।
सीमाक्षेत्रका क्वारेन्टाइनमा बसेका व्यक्तिहरू भागिरहेको, बिरामी बोक्ने एम्बुलेन्सदेखि ढुवानीका साधनबाट समेत मान्छे ओसार्ने र आवतजावत गर्ने काम भइरहेको उल्लेख गर्दै उनले यो अवस्थालाई कसरी सम्बोधन गर्ने भन्नेबारे पनि छलफल भइरहेको बताए।
“यसको औपचारिक मोडालिटीबारे अब बस्ने उच्चस्तरीय समितिले निर्णय गर्छ”, उनले भने।
" /> काठमाडौं। सरकारले कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउन लम्बिँदै जाँदा गाउँ- गाउँमा उत्पादकत्वमा असर पर्ने भन्दै उनीहरूलाई सुरक्षितसाथ काम गर्न दिने तयारी गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता, अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।

">