काठमाडौं। समाजवादी पार्टीका सांसद एवं पूर्वस्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवले आफ्नो अपहरण भएको भन्दै दिएको जाहेरीको अनुसन्धान गरेको प्रहरीले अनुसन्धानपछि उनको अपहरण नभएको निचोड निकाल्यो।
महानगरीय प्रहरी परिसर काठमाडौंले सोही निचोड समेटिएको अनुसन्धान प्रतिवेदन आज दिउँसो मात्र जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा बुझायो।
सांसद यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसानकुमार श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको कसूरमा जाहेरी दिएका थिए।
सरकारी वकीलको कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा आजै तत्काल यो मुद्दा नचल्ने र यसलाई तामेलीमा राख्ने निर्णय गरेको छ।
यो प्रकरणमा शुरूमा प्रमाण अभाव भन्दै प्रहरीले जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकीलको कार्यालयमा दर्ता भएको जाहेरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान सकेर मुद्दा चलाउनपर्ने कुनै प्रमाण नभेटिएको रायसहित प्रतिवेदन बुझाएको थियो।
जिल्ला सरकारी वकील कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदन अध्ययन गर्दा सांसद यादवले दाबी गरेजस्तो अपहरणको कुनै प्रमाण नभेटिएको भन्दै तामेलीमा राख्ने निर्णय गरेको बताए। उनले हाललाई तामेलीमा राख्ने गरी फाइल प्रहरीकोमा फिर्ता गर्ने निर्णय भएको र पछि थप प्रमाण आएमा मुद्दा जगाउने जानकारी दिए।
यस्तो निर्णयपछि एकथरीले सत्तारूढ दलका सांसद र आफ्नै पूर्वप्रमुखलाई जोगाउन प्रहरीले कमजोर प्रतिवेदन पेस गरेको टिप्पणी गरेका छन्।
तर, प्रहरीको गुनासो भने भिन्नै छ। यो प्रकरण अपहरण नै नभएको अनुसन्धानबाट पुष्टि भएको भन्दै उसले बरु यसबाट प्रहरीको बदनाम गर्ने काम भएको गुनासो गरेको छ।
“हामीले हेर्ने भनेको तथ्य र प्रमाण हो, तर उहाँको अपहरण भएको भन्ने कुनै पनि प्रमाण छैन, यत्तिकै अपहरण भएको हो भनेर प्रहरीले नै कसरी भन्न सक्छ ?”, एक वरिष्ठ प्रहरी अधिकृतले भने, “प्रहरीले अनुसन्धानको दायराभित्र रहेर गरेको अनुसन्धानलाई लाञ्छना लगाउँदा, प्रहरीको व्यावसायिक कामलाई कुनै दलविशेषको स्वार्थमा जोडिदिँदा फाइदा कसलाई पुग्छ थाहा छैन, तर त्यसले जनमानसमा प्रहरीको छबि ध्वस्त बनाएको छ।”
अनुसन्धानमा संलग्न अर्का एक प्रहरी अधिकृतले सीसीटीभी फुटेजदेखि महोत्तरीबाट काठमाडौंसम्म आउँदा सांसद यादवले परिवारका सदस्यदेखि आफ्नै पार्टीका शीर्षनेताहरूसँग गरेको टेलिफोन कुराकानी केलाउँदासमेत कहीँ कतै अपहरणको संकेत नभेटिएको बताए।
“यो राजनीतिक कुरा हो, राजनीतिक नैतिकताको प्रश्न यसमा जोडिन सक्ला”, अर्का एक वरिष्ठ प्रहरी अधिकृतले भने, “तर हुँदै नभएको फौजदारी अपराध भएको छ भनेर प्रहरीले कसरी अनुसन्धान प्रतिवेदन दिन सक्छ?”
उनले पूर्वआईजीपी खनालले यो प्रकरणमा खेलेको भूमिकाले प्रहरीको छबि बर्बाद पारेको टिप्पणीसमेत गरे। यो प्रकरणमा प्रहरीले आफ्ना पूर्वप्रमुखलाई जोगाउन खोजेको भन्दै आलोचना भइरहेको छ।
“यो फौजदारी अपराध नभएर राजनीतिक सौदाबाजीको कुरा थियो”, उनले भने, “तर, हाम्रै आईजीपी त्यो प्रकरणमा संलग्न हुनु, काठमाडौंबाट महोत्तरी पुगेर आउनुले संगठनको इमेज नराम्ररी ड्यामेज गर्ने काम गरेको छ। प्रहरी संगठनका लागि यो दुर्भाग्य हो।”
" /> काठमाडौं। समाजवादी पार्टीका सांसद एवं पूर्वस्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवले आफ्नो अपहरण भएको भन्दै दिएको जाहेरीको अनुसन्धान गरेको प्रहरीले अनुसन्धानपछि उनको अपहरण नभएको निचोड निकाल्यो।महानगरीय प्रहरी परिसर काठमाडौंले सोही निचोड समेटिएको अनुसन्धान प्रतिवेदन आज दिउँसो मात्र जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा बुझायो।

">