बैतडीमा डोजर आक्रमणः ९ जना घाइते, चालकसहित ४ पक्राउ
बैतडी। बैतडीको दशरथचन्द नगरपलिकामा-९ ग्वाल्लेकमा सडक निर्माणको क्रममा विवाद हुँदा सडक खनिरहेको डोजरको आक्रमणबाट ९ जना घाइते भएका छन्।

सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माण गर्दा गुठीको जग्गामा डोजर चलाउन नदिएपछि सडकको पक्ष र विपक्षमा रहेका स्थानीयबीच विवाद भएर झडप भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये स्थानीय गौरी जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन्। घाइतेमध्ये गौरी अचेत छिन्। उनलाई चालकले डोजरको बकेटले आक्रमण गरेका थिए।

दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल, बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताएका छन्।

हिंजो भएको घटनामा घाइते अन्यमा स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी छन्।

ग्वाल्लेकमा निर्माण भइरहेको सडकको विषयमा दुवै पक्षबीच पहिलादेखि विवाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको पनि झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए।

सडक निर्माणसम्बन्धी विवादको दुवै पक्षसँग छलफल गरेर टुंगोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

डोजरले महिलालाई हुत्याएको भिडियो सार्वजनिक भएपछि चालक दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका  किशोर बोहरासहित ४ जनालाई पक्राउ गरिएको डीएसपी  डिल्लीनारायण पाण्डेयले बताए। बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अन्य तीन जनाको नाम खुलाएको छैन।

आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबर्जस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले बताएका छन्।

“आफूहरुको जमीनमा जबर्जस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिति आएको हो ।” स्थानीय दुर्गादत्त जोशीले भने।

तर, सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासि आएर डोजरमा ढुङ्गामुढा गरेपछि झडपको स्थिति आएको दाबी गरेको छ।

सडक निर्माण गरिरहेको समयमा  एक्कासि डोजरमा ढुङ्गामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले बताएका छन्।

पार्ससम्म जोड्ने अर्को सडक पनि खन्ने काम भइरहेकाले गाउँलेहरु दुई समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीयवासीको ढुङ्गामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्