काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतबाट निरन्तर भइरहेको सीमा अतिक्रमणप्रति लक्षित गर्दै महामारीको जोखिमका बीच राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सुरक्षातर्फ गम्भीर भएर लाग्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले सरकारले नेपालको सम्पूर्ण भू-भाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्नैपर्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावले भने, "एमसीसी पछाडीको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको छ। आशा गर्छु नीति तथा कार्यक्रममा उल्लेख भएका विषय एमसीसी अन्तर्गत हुने छैनन्। यदि भयो भने त्यो राष्ट्रहित विपरित हुनेछ।"
" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतबाट निरन्तर भइरहेको सीमा अतिक्रमणप्रति लक्षित गर्दै महामारीको जोखिमका बीच राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सुरक्षातर्फ गम्भीर भएर लाग्नुपर्ने बताएका छन्।प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले सरकारले नेपालको सम्पूर्ण भू-भाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताए।

">