काठमाडौं। जनता समाजवादी पार्टीका सांसद महेन्द्रराय यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कोरोना संकट समाधानका लागि ठोस विषय नआएको बताएका छन्।
प्रतितिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग दिँदै उनले जनताले विश्वास गर्ने कुनै पनि विषय नीति तथा कार्यक्रममा नरहेको टिप्पणी गरे।
प्रदेशलाई अधिकारविहीन बनाएर उल्लेख गर्दै उनले अहिलेको संकटबाट जनतालाई कसरी बचाउने, अर्थतन्त्र कसरी जोगाउने भन्ने विषयमा नीति, कार्यक्रममा केही उल्लेख नभएको बताए।
कोरोना महामारीबाट प्रभावित क्षेत्रका विशेष राहतका प्याकेज ल्याउन माग गर्दै यादवले कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा मौसमी राष्ट्रवाद देखाएको आरोप लगाए।
नेपालको एक इन्च भूमि पनि मिच्न नदिने कुरामा सबै एक ठाउँमा हुँदा पनि सरकारले समस्या सामाधान गर्न नसकेको उनको भनाइ छ।
यस्तै। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मान्छेको ज्यान गएपछि मात्रै कोरोना संक्रमण पुष्टि हुनु दुःखद भएको बताए।
नेपालमा अहिलेसम्म २ जनाले कोरोनाका कारण ज्यान गुमाएको उल्लेख गर्दै उनले ज्यान गएपछि मात्रै स्वास्थ्य परीक्षण गर्नु र कोरोना पुष्टि हुनु दुःखद भएको बताए।
भारत लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरू उद्धारका लागि याचना गरिरहेपनि सरकारले अहिलेसम्म कुनै योजना अघि नसारेको उनको भनाइ छ।
नेपाली अतिक्रमित भूमि समेटेर नक्शा सार्जजनिक गर्ने विषयको स्वागत गर्दै उनले आफ्नो देशको नक्शा सार्वजनिक गर्न चीन वा भारतलाई सोध्नुपर्छ भन्ने पराधिन मानसिकता भएको बताए।
सांसद लिङ्देनले २०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममै समावेश गर्न आग्रह गरे।
अनुत्पादक र फजुल खर्च नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जान नसकेको उल्लेख गर्दैै लिङदेनले बालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधालाई बजेटमा समावेश गर्न आग्रह गरे।
" /> काठमाडौं। जनता समाजवादी पार्टीका सांसद महेन्द्रराय यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कोरोना संकट समाधानका लागि ठोस विषय नआएको बताएका छन्।प्रतितिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग दिँदै उनले जनताले विश्वास गर्ने कुनै पनि विषय नीति तथा कार्यक्रममा नरहेको टिप्पणी गरे।

">