काठमाडौं। प्रतिनिधि सभाका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिएका छन्।
आज नीति तथा कार्यक्रमको छलफलमाथि भाग लिँदै प्रतिपक्ष दलका सांसदहरूले जन अपेक्षा अनुसार नीति तथा कार्यक्रम नआएको बताएका छन्।
जनता समाजवादी पार्टीकी सांसद रेणु कुमारी यादवले कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव सरकारले उठाउन नसकेको भन्दै आलोचना गरिन्।
उनले नेताहरूले ठूला कुरा गरेपनि कोरोना महामारीको संकटसँग जुट्ने हिम्मत नगरेको पनि बताइन्।
‘‘कोरोनाबाट मृत्यु भएकी महिलाको लास उठाउन पनि सरकारले हिम्मत देखाएन। स्वयंसेवकले लास उठाएर पशुपति घाटमा पुर्याए। यहाँ ठूल्ठूलो कुरा गरिरहेका छन्। हाम्रो सरकारले सारा तयारी गरेको छ भनिरहेका छन्। अहिले मधेशमा क्वारेन्टाइन छैन। मरेपछि कोरोना पुष्टि हुने एकमात्र देश नेपाल हो। विश्वको इतिहासमा एक नम्बर नेपाल हो’’, उनले भनिन्।
कांग्रेस सांसद प्रकाशमान सिंहले राष्ट्रिय सुरक्षाका लागि खटिनुपर्ने नेपाली सेना सडकमा खटिएर जनतालाई अपमानित गरिरहेको बताए।
‘‘सरकारले के गर्न खोजेको ? शान्ति सुरक्षामा त प्रहरीलाई लगाउनुपर्ने हो नी। किन यस्तो भइरहेको छ। जनतलाई किन अपमानित गरिरहेको छ ?”, उनले भने, “सरकारको नियत के हो ? भन्ने कुराबाट हामी सजग हुनुपर्छ।’’
सुगौली सन्धी अनुसार सम्पूर्ण भूमि समेटेर नेपालको नयाँ नक्शा छिटो जारी गर्नुपर्ने समेत उनले बताए।
कांग्रेसका अर्का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीलाई सत्तारूढ दलले आफ्नो आन्तरिक विवादको विषय बनाएको आरोप लगाए।
आन्तरिक विवादको विषय नबनाएर यसलाई संसदमा पेश गरी गहन छलफल गर्नुपर्ने उनको भनाइ छ। अबको बजेट रोग र भोकबाट जनतालाई जोगाउनमा केन्द्रित हुनुपर्ने उनले बताए।
उनले मजदुर, श्रमिक र विपन्न किसानहरूलाई एक महीनाको पाँच हजारका दरले तीन महिनासम्मको १५ हजार रूपैयाँ दिनुपर्ने बताए।
राष्ट्रिय जनता पार्टी राजापाका सांसद सरतसिंह भण्डारीले महामारी रोकथाम भन्दापनि नयाँ रेकर्ड कायम गर्ने भूत सरकारमा सवार भएको टिप्पणी गरे।
नीति तथा कार्यक्रममा महामारी रोकथाम, नियन्त्रण र यसबाट प्रभावित क्षेत्रहरूका विषयमा आउनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको आरोप छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई कृषिसँग जोड्न सके आर्थिक उपार्जनको बाटो खुला हुने बताए। स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै कृषिलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसका सांसद रंगमती शाहीले शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा पनि भारतसँग कुरा गर्न डराएको आरोप लगाइन्।
सांसद शाहीले कोरोना महामारीको विषयमा कुरा गर्न खोज्दा उपप्रधानमन्त्रीले सांसदहरूलाई नचिनेको पनि बताइन्।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई लक्षित गर्दै उनले भनिन्, “देशको रक्षामन्त्री/उपप्रधानमन्त्रीले सांसदलाई चिन्दैन। देशमा यस्तो अवस्था छ हामीले देशको रक्षामन्त्री खोज्दै गर्दा उहाँको स्वकिय सचिवले हामीलाई जवाफ दिनुहुन्छ। रक्षामन्त्रीलाई मोबाइलबाट त कोरोना सर्दैन होला ?’’
सांसद विनोद कुमार चौधरीले सरकारको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका सर्वसाधरणलाई जीवनरक्षाको प्रत्याभूति दिन नसकेको टिप्पणी गरे।
उनले कोरोनाले निम्त्याएको समस्याबाट जनतामा रोगसँगै भोकले मर्ने चिन्ता बढेकाले तत्काल भोकको समस्या समाधान गर्नेतर्फ सरकारको कार्यक्रम लक्षित हुनुपर्ने बताए।
“आजको प्राथमिकता भनेको अहिले बाँच्नु हो। अहिले बचाउनु हो। रोजगारी गुम्दैछन्। उद्योगधन्दा बन्द छन्। सडकमा उभिएका दिनहुँ हातमुख जोर्नुपर्ने बाध्यता भएका कामदार कामविहीन छन्”, उनले भने, “नाङलो पसल, रिक्साचालक तथा समाजको हरेक वर्ग त्रसित छ। एकातर्फ कोभिडको कारण भने अर्को तर्फ कोभिड भन्दा पहिले भोकले मरिने हो कि ? भन्ने त्रासबाट।”
उद्योगपति समेत रहेका सांसद चौधरीले सरकारले अत्यावश्यक लगायतका उद्योगहरू सञ्चालन गर्ने निर्णय गरेपनि उद्योग सञ्चालन हुने स्थिति श्रृजना हुन नसकेको बताए।
" /> काठमाडौं। प्रतिनिधि सभाका सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिएका छन्।आज नीति तथा कार्यक्रमको छलफलमाथि भाग लिँदै प्रतिपक्ष दलका सांसदहरूले जन अपेक्षा अनुसार नीति तथा कार्यक्रम नआएको बताएका छन्।

">