काठमाडौं। सरकारले नेपालको अन्तर्राष्ट्रिय सीमासहित समेटेर तयार पारिएको नक्शा पारित भएसँगै तत्काल प्रयोगमा आउने भएको छ।
सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बैठकका निर्णय सार्वजनिक गर्दै नक्शा तत्काल लागू हुने जानकारी दिए।
सरकारले प्रशासनिक र राजनीतिक प्रबन्ध पनि समेटेर नयाँ नक्शा पारित गरेको हो। यो नक्शा अब नेपालको सबै किसिमको कामका लागि सरकारले लागू गर्नेछ।
नक्शामा नेपालको पश्चिम उत्तरी सीमाना लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ।
नेपालको अन्तर्राष्ट्रिय सीमा अन्यत्र भने यथावत नै रहेको छ। भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालले नयाँ नक्शा तयार पारेको हो।
त्यस्तै, नक्शामा नेपालको संघीयता अनुरूपका प्रदेश र स्थानीय तह पनि समेटिएका छन्।
“अब यो नक्शा बमोजिम सरकारी निशान छाप, सरकारी कामकाजमा प्रयोग गरिने नक्शा, पाठ्यपुस्तक र अरू सबै सार्वजनिक प्रयोगमा ल्याइने छ”, मन्त्री खतिवडाले भने, “नेपालको नक्शा यही अनुरूप नै अद्यावधिक हुनेछ।”
" /> काठमाडौं। सरकारले नेपालको अन्तर्राष्ट्रिय सीमासहित समेटेर तयार पारिएको नक्शा पारित भएसँगै तत्काल प्रयोगमा आउने भएको छ।सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बैठकका निर्णय सार्वजनिक गर्दै नक्शा तत्काल लागू हुने जानकारी दिए।

">