कप्तान नेरीले बलिङका लागि बल थमाउँदा रुबिना रनभुल्लमा परिन्। “शुरूमा के गर्ने, कसो गर्ने भयो। तर, कसरी बलिङ गर्ने भन्ने निर्णय गर्न धेरै समय लगाइनँ”, त्यो माहोल सम्झदा रुबिना अझै रोमाञ्चित हुन्छिन्, “शुरूमै १-२ विकेट लिएँ भने रोक्न सकिन्छ भन्ने लाग्यो । मैले देखें विपक्षी ब्याट्सवुमनको खुट्टा काँपिरहेका थिए। सोचेँ– सीधा बल फाले विकेट आउला। भयो पनि त्यस्तै। मैले जम्मा १ रन दिएर ५ विकेट लिएँ। मिराकल नै भयो।”
वाइडमा एक रन लिएर सिंगापुर ७९ रनमा अलआउट भयो। बराबर भए पछिको बलआउटमा नेपालले खेल २-१ ले जित्यो।
डेब्यूको तीन वर्षपछि नै रुबिना सिनियर टीमको कप्तान भइन्। “देशको लागि नेतृत्व गर्नु ठूलो चुनौती र जिम्मेवारी दुवै हो,” रुबिना भन्छिन्।
त्यसयता निरन्तर कमान्ड सम्हालिरहेकी उनी आफ्नै भूमिकामा पूर्ण सन्तुष्ट भने छैनन्। भन्छिन्, “मेरो नेतृत्व अरुलाई राम्रै लागेको होला, तर मलाई भने अझै पुगेको छैन।”
...
गत सिजनदेखि सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिग खेल्न थालेका छन्। तर, त्यो भन्दा अघि नै नेपालको महिला खेलाडी वुमन बिग बास लिगमा पुगिसकेका थिए। त्यो भाग्यमानी खेलाडी पनि रुबिना नै थिइन्।
करीब तीन वर्षअघि उनी मेलवर्न रेनेगाड्समा ट्रायलका लागि गएकी थिइन्। “त्यहाँ धेरै सिक्ने मौका पाएँ”, रुबिना भन्छिन्, “सिनियर खेलाडीबाट सहयोग पाएँ। बलिङ र फुटस्टेपमा सुधार आयो।” उक्त भ्रमण फलदायी भएको रुबिनाको अनुभव छ।
...
अहिले महिला खेलाडीले पनि अवसर पाएका छन्। पहिलोपटक आयोजना भइरहेको फ्रेन्चाइज लिगमा पाँच टीमका ७० खेलाडी सहभागी छन्।
२९ असोजमा कीर्तिपुरको टीयू मैदानमा पहिलो खेलका लागि उत्रँदा रुबिनालगायत सबै खेलाडीले नौलो अनुभव गरेका थिए । “अलिकति नर्भस थिएँ। नेपालको लागि खेलिरहेको भए पनि फ्रेन्चाइज क्रिकेट भने पहिलोपटक थियो।”
तर, पहिलो खेलमै रुबिनाको टीम चितवन राइनोजसँग पराजित भयो। त्यसलाई उनले स्वभाविकरूपमा लिइन्। तर, दोस्रो खेलमा उनको क्षमता देखियो। रुबिनाले नटआउट ८३ रन बनाउदै काठमाडौंलाई जिताइन्।
वुमेन्स क्रिकेट लिग (डब्लुसिएल) ले नेपाली महिला क्रिकेटलाई ठूलो अवसर प्रदान गरेको रुवीनाको बुझाइ छ। यसले नयाँ पुराना खेलाडी जमघट गराएको छ।
नेपालमै आगामी मंसीरमा हुने १३औं दक्षिण एशियाली खेलकुदको तयारीको काम पनि यसले गरेको छ।
१५-२५ मंसीरमा नेपालमा साग हुँदैछ। ८ वर्षपछि सागमा क्रिकेट फर्कँदा महिला क्रिकेट पनि समावेश छ। सागको लागि डब्लुसीएल राम्रो तयारी हुने रुबिनाले बताइन्। “अनुभव बढ्छ। हाम्रो पीचमा कसरी खेल्ने भन्ने थाहा हुन्छ”, रुबिनाले भनिन्, “घरेलु मैदानमा दर्शकको साथ पाएपछि सागमा विदेशी टोलीसँग खेल्दा प्रेसर ह्याण्डल गर्न सजिलो हुन्छ।”
डब्लुसीएलले नेपाली महिला क्रिकेटमा पनि ठूलो आशा देखाएको र अब ढुक्क भएर खेल्न पाउने विश्वास पलाएको रुबिनाको बुझाइ छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव र क्यानका अध्यक्षले अब महिला क्रिकेटरले चिन्ता गर्नु नपर्ने बताएका छन्।
त्यसबाट खेलाडी उत्साहित भएको रुबिना बताउँछिन्। “सबैजना खुशी छन्। सन्तुष्ट छन्। सागमा राम्रो प्रदर्शन गरेर यसको प्रभाव देखाउन चाहन्छौं”, रुबिना भन्छिन्।
अहिले भइरहेको डब्लुसीएलमा राष्ट्रिय टीमबाट खेलिरहेका अनुभवी खेलाडीको साथमा घरेलु क्रिकेटमा खेलिसकेका र नयाँ खेलाडी पनि छन्।
“अब परिषद्, क्यान, प्रदेश सबैले लिग गर्ने हो भने नयाँ खेलाडीले अवसर पाउँछन्। स्तर पनि सुधार हुँदै जान्छ। यसले नेपाली क्रिकेटलाई नै फाइदा पुग्छ”, उनी भन्छिन्।
...
मैदानमा प्रस्तुत हुने, खेल्ने र बोल्ने शैलीका कारण रुबिनाको शैली बोल्ड छ। प्रायः खेलाडी बोल्दैनन्। यसमा रुबिना फरक छन्। उनी आफूलाई अनुशासित, मिहिनेती र आत्मविश्वासी क्रिकेटरको रूपमा परिभारिषत गर्छिन्।
रुबिनाको एउटा बोल्ड टार्गेट छ–भारतलाई हराउने। कप्तानको रूपमा कुन टीमलाई हराउन मन छ भन्ने प्रश्नमा उनी भन्छिन्, “निश्चय नै भारतलाई हराउन मन छ। किनकी उनीहरूले राम्रो खेलिरहेको छ। त्यस्तो टीमलाई हराउन पाए त!”