काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका गायक दुर्गेश थापा छुटेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको नियन्त्रणमा रहेका गायक थापाले यूट्यूबबाट गीत हटाउने निर्णय लिएपछि छुटेका हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गीतको शब्द चयनमा आफूले गल्ती गरेको महसूस गर्दै दुर्गेशले आइन्दा कमजोरी नगर्ने सार्वजनिक प्रतिवद्धता जनाएपछि रिहा गरिएको देखापढीलाई जानकारी दिए।
गायक थापाले विज्ञप्ति निकालेर ‘ह्यापी तिहार’ गीतमा प्रयोग भएको प्रतिबन्धित गाँजा र मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति क्षमा मागेका छन्।
"गीतमा राज्य प्रतिबन्धित नशालु पदार्थ गाँजा खान उत्प्रेरित प्रोत्साहन गर्ने शब्द अन्जानवस प्रयोग भएको कुरा जानकारी गराउन चाहन्छु," गायक थापाले विज्ञप्तिमा लेखेका छन्।
‘बिच्च बिच्चमा.......’ गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापाले हालै सार्वजनिक गरेको ‘ह्यापी तिहार’ गीतमाथि प्रयोग भएको शब्दमा आपत्ती जनाउँदै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि उनी पक्राउ परेका थिए।
पढ्नुहोस:
दुर्गेशले विवादित ‘ह्याप्पी तिहार’ गीत यूट्यूबबाट हटाए
‘बिच्च बिच्चमा...’ गीतका गायक दुर्गेश प्रहरी नियन्त्रणमा