सरकारको नीति तथा कार्यक्रम ठूलो र विस्तृतः शर्मा
<p>काठमाडौं। राष्‍ट्रियसभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल रहेको बताएका छन्।</p>
<p>राष्‍ट्रियसभाको आजको बैठकमा धारणा राख्दै उनले राष्‍ट्रिय आवश्यकता, सोचाइको धरातल र उचाइका आधारमा सरकारको नीति तथा कार्यक्रम केही ठूलो र विस्तृत भएको बताए।</p>
<p>सरकारले हिजो नयाँ नक्सा जारी गर्ने निर्णय गरेर नीति तथा कार्यक्रममा उल्लेखित प्रतिवद्धता सम्बोधन गरेको उनले बताए। सरकारले कोभिड-१९ को महामारी रोकथाम र नियन्त्रण गर्ने तथा त्यसबाट प्रभावित सामाजिक-आर्थिक क्षेत्रलाई पुनर्जीवन दिई सरकारले विकास निर्माणलाई तीव्रता दिने विश्वास उनले दिलाए।</p>
<p>प्रमुख प्रतिपक्ष नेपाली कांंग्रेसको राष्‍ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले सरकारको नीति तथा कार्यक्रम वर्तमान संकट समाधान गर्ने दृष्‍टिले अपुरो भएकाले पुनर्लेखन गर्नुपर्ने जिकिर गरे। कोभिड-१९ महामारी रोकथाम र नियन्त्रण तथा आर्थिक संकट समाधानका लागि सबै दलबीच राष्‍ट्रिय एकता हुनुपर्नेमा कांग्रेसको विमति नरहेको उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्