राहत हाेइन राेजगारी दिन्छाैं : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्याकेज ल्याएर एकमुष्टमा सबैलाई सम्बोधन गर्नेभन्दा पनि आवश्यकताका आधारमा सहयोग गर्ने नीति लिएको बताएका छन्।

संघीय संसदको प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई आश्वासन देखाएर मात्रै रहन नसक्ने बताउँदै आवश्यकता तथा क्षमताको आधारमा अगाडि बढ्नुपर्ने बताए। आगामी दिनमा रोजगारी सिर्जनामा सरकारले ध्यान केन्द्रित गरेको उनले बताए।

“प्याकेज देखाउने र रहरको विषय होइन। हामी कता जादैंछौ त्यसअुसारको हाम्रो व्यवहार निर्देशित हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “राम्रो हिसाब किताबको साथ प्याकेज पेश गर्नुपर्छ। राज्यले धान्न सक्ने खालको पनि हुनुपर्छ।”

सरकारले सम्भव भएसम्म रोजगारीको अवसर उपलब्ध गराउने उनले बताए।

रोजगारी गर्ने व्यक्ति तथा उसको परिवारको पनि जीवन चल्न सक्ने र राज्यको आर्थिक अवस्था पनि कमजोर हुन नदिन सहयोग मिल्ने कार्यक्रमतर्फ सरकारको ध्यान गएको उनले बताए।

“जो निसहाय छ र उसबाट श्रमको अपेक्षा गर्न सकिदैन। उनीहरूको जिम्मा निःशर्त सरकारले लिनुपर्छ। सरकारले जिम्मा लिन्छ नै”, प्रधानमन्त्रीले भने, “त्यसतर्फ प्रबन्धको तयारी सरकारले गरिरहेको छ।”

प्रधानमन्त्रीले संसदमा बोल्दै कोरोनाले महङ्गो मूल्यमा ठूला शिक्षा सिकाएको बताएका छन्।

त्यही शिक्षाको कारण कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्र एक तह माथि उठेको अवस्थामा पुग्ने उनले बताए।

कोरोनाकै कारण नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएको र त्यसले स्वास्थ्य पूर्वाधारको सुधार गरेको प्रधानमन्त्रीको भनाई छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्