काठमाडौं। कोही विदेशीको आशिर्वादले सरकार टिक्ने र हट्ने हुननसक्ने प्रधानमन्त्री ओलीले बताएका छन्।
संघीय संसदको प्रतिनिधि सभाका सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको आज जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन्।
“कहिलेकाही यो हट्नै लागेको थियो। फलानो देशको राजदूतले जोगाइदियो भन्ने खालको कुरा पनि सुन्ने गरेको छु। त्यसो भन्ने मित्रहरूले यति कुरा बुझे हुने, यो सरकार कसैको आशिर्वादले टिक्ने, टिकाउने, ढाल्ने ढालिने सरकार होइन”, प्रधानमन्त्री ओलीले भने।
जनताको इच्छाले बनेको सरकार भएकाले कसैले चाहँदैमा सरकार नहट्ने उनले बताए। जनताको मतको बलमा बनेको सरकार भएकाले कसैले चाहना अनुसार सरकार हट्न नसक्ने र त्यस्तो अपेक्षा नराख्न पनि प्रधानमन्त्रीले संसदमा भनेका छन्।
चुनावमा जनताले अरूलाई ‘इनअफ’ भनेका कारण अहिलेको स्थायी सरकार बनेको प्रधानमन्त्रीले दावी गरेका छन्। उनले भने, “जनताले इनअफ भन्छ कहिलेकाहीँ।”
५ जेठको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले सरकारलाई ‘इनअफ’ भएकाले अब हट्नुपर्ने बताएका थिए। प्रधानमन्त्री ओलीले उनको भनाईको जवाफ दिएका हुन्।
" /> काठमाडौं। कोही विदेशीको आशिर्वादले सरकार टिक्ने र हट्ने हुननसक्ने प्रधानमन्त्री ओलीले बताएका छन्।संघीय संसदको प्रतिनिधि सभाका सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको आज जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन्।

">