म भारतलाई सोध्ने छु- सत्यमेव जयते की सिंहमेव जयते ?: प्रधानमन्त्री ओली <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई आफूले सत्यमेव जयतेको परिभाषा माग्ने बताएका छन्।</p> <p>प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले भारतको प्रतीक चिन्हमा रहेको सिंह र त्यसभन्दा तलपट्टी लेखिएको &#39;सत्यमेव जयते&#39;बारे चर्चा गर्दै भने- &quot;लेखिएको छ भारतको प्रतीक चिन्हमा। त्यसमा विश्वास चैं म गर्छु।लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो। त्यो फिर्ता ल्याउने छौं। किनभने सत्यमेव जयते।&quot;</p> <p>भारतको प्रतीकचिन्हमा चारतिर फैलिएका सिंह छन् र त्यसभन्दा तलपट्टी सत्यमेव जयते लेखिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्