काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी भए पनि लप्सीफेदी–रातमाटे हेटौडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल चार सय केभी प्रसारणलाइन निर्माण गरिछाड्ने बताएका छन्।
संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको आज जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विद्युत निर्यातको लागि उक्त ट्रान्समिसन लाइन अनिवार्य भएकाले जुनसुकै हालत निर्माण गर्ने बताएका छन्।
संसदमा छलफलको क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले विवादित अवस्थामा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको परियोजनालाई सरकारले पछाडिको ढोकाबाट नीति तथा कार्यक्रममा समावेश गरेको विषय उठाएका थिए।
सोही विषयमा जवाफ दिदै प्रधानमन्त्री ओलीले एमसीसीबाट भए पनि अरु तरिकाले भए पनि उक्त प्रसारण लाइन बनाइने बताएका हुन्।
“नेपालमा उत्पादन भएका विद्युत खपतको लागि उक्त प्रसारणलाइन चाहिन्छ भनेर हाम्रा प्राविधिकले सिफारिस गरेका छन्। ट्रान्समिशन लाइन पछाडिको ढोका, जस्केलाबाट होइन मूलढोकाबाट ट्रान्समिशन लाइन बन्छ”, प्रधानमन्त्रीले भने।
प्रसारण लाइन नभएको कारण जलविद्युत क्षेत्रमा लगानी गरेका व्यक्तिहरूले उत्पादन रोकेर बसेकाले विद्युत उत्पादन प्रोत्साहनको लागि पनि प्रसारण लाइन चाहिएको उनले बताए।
एमसीसी संसदले छलफल गरेर टुङ्गाउनु पर्ने पनि उनले बताए। अघिल्लो सरकारले सम्झौता गरेको भएर अहिलेको सरकारले अविच्छिन्न उत्तराधिकारीको रूपमा संसदमा पेश गरेको र त्यो अब संसदको क्षेत्राधिकार भएको उनले बताए।
“एमसीसी पारित भए पनि नभए पनि, पेट काटेर भए पनि, पटुका बाधेर भए पनि ट्रान्समिशन लाइन बनाउँछौं”, उनले भने, “ट्रक, रेल, पानी जहाजबाट विद्युत निर्यात गर्न सकिदैन। ट्रान्समिसन लाइन नै चाहिन्छ।”
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी भए पनि लप्सीफेदी–रातमाटे हेटौडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल चार सय केभी प्रसारणलाइन निर्माण गरिछाड्ने बताएका छन्।संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको आज जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विद्युत निर्यातको लागि उक्त ट्रान्समिसन लाइन अनिवार्य भएकाले जुनसुकै हालत निर्माण गर्ने बताएका छन्।

">