काठमाडौं। संसारभर नै कोरोना संक्रमणको महामारीले सबभन्दा धेरै क्षति पुगेको क्षेत्र हो, पर्यटन। हवाई सेवासमेत सिधा जोडिएको छ पर्यटनसँग। अन्य मुलुक झैं नेपालमा पनि पर्यटन क्षेत्र सबभन्दा ठूलो मारमा परेको भनिएको छ। तर, नेपालको पर्यटन क्षेत्रले यसबाट कत्रो क्षति व्यहोर्यो त ?
नेपालको पर्यटन उद्योगमा अहिलेसम्म भएको लगानीको आधिकारिक आँकडा नै सरकारसँग छैन। लगानी मात्र होइन, यो क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा आबद्ध श्रमिकको विवरण पनि सरकार र निजी क्षेत्र दुवैसँग छैन।
लगानीकै आँकडा नभएपछि क्षतिको आँकडा कहाँबाट निकाल्ने त ?
यही कारण कोरोना संक्रमणको महामारीले नेपालको पर्यटन क्षेत्रमा पुर्याएको क्षतिको आकलन गर्न सरकार र निजी क्षेत्र दुवैलाई समस्या परेको छ।
नेपालमा रहेका कूल होटल संख्या र ती होटलमा आबद्ध श्रमिकको तथ्यांक नहुँदा कति लगानीकर्ता र कति श्रमिकलाई मर्का परेको छ भन्ने यकिन जानकारी नै उपलब्ध हुनसकेको छैन।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले सरकारी निकायमा पर्यटन क्षेत्रमा भएको कूल लगानीको तथ्यांक नरहेको बताए।
पर्यटन उद्योगमा आबद्ध कर्मचारी तथा श्रमिक कति छन् भन्ने तथ्यांक निकाल्न नसक्दा समस्या भएको उनको भनाइ छ। “होटल र ट्रेकिङ एजेन्सीमा आबद्ध कर्मचारी र श्रमिक तथा पर्यटक र पदयात्राका पथप्रदर्शक (गाइड) यकिन संख्या पनि हामीसँग छैन।”
पर्यटन बोर्डले पर्यटन क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित श्रमिकको संख्या २० लाख हाराहारी हुन सक्ने अनुमान गरेको छ। त्यसमध्ये ५ लाख श्रमिक प्रत्यक्ष रूपमा आबद्ध रहेको तथा अप्रत्यक्ष आबद्ध श्रमिकको संख्या करीब १५ लाख भएको बोर्डको अनुमान छ।
सोही आधारमा बोर्डले अर्थ मन्त्रालयमा बुझाएको प्रतिवेदनमा पनि करीब २० लाख श्रमिक भनिएको छ।
तर, यो क्षेत्रमा आबद्ध श्रमिकको आधिकारिक तथ्यांक नहुँदा कति जनसंख्यालाई लक्षित गरेर राहतदेखि अबका अरु योजना बनाउने भन्नेमा कठिनाइ भएको छ।
नेपाल होटल संघकी अध्यक्ष सृजना राणा सरकारसँग पर्यटन उद्योगमा भएको लगानी र आबद्ध कर्मचारीको संख्या नहुँदा समस्या भएको बताउँछिन्।
उनले नयाँ लगानी आउँदा त्यसको आधिकारिक तथ्यांक र यस उद्योगमा आबद्ध हुने कर्मचारीको तथ्यांक सरकारले राखेको भए अहिले यस्तो समस्या नहुने बताइन्। उनले भनिन्, “नेपालको पर्यटन उद्योगमा धेरै ठूलो लगानी भएको अनुमान त छ, तर यति नै लगानी छ भन्न सक्ने अवस्था छैन।”
यो आँकडा नहुँदा अर्थ मन्त्रालयले पर्यटन उद्योगका लागि तय गर्ने नीति नै प्रभावित हुने देखिन्छ। त्यसको असर अर्थ मन्त्रालयले ल्याउने राहत र सहुलियत प्याकेजमै पर्न सक्छ।
नेपाल होटल संघका अनुसार संघमा अहिले झण्डै एक हजार २०० होटल आबद्ध छन्। त्यसआधारमा निकालिएको क्षतिको मोटामोटी आँकडा मासिक एक अर्ब ८० करोड रूपैयाँ हुन्छ।
तर, संघसँग ती होटलहरूमा कति कर्मचारी तथा श्रमिक आबद्ध छन् भन्ने तथ्यांक छैन। अध्यक्ष राणाका अनुसार देशभरका सबै होटल संघमा आबद्ध पनि छैनन्। उनले भनिन्, “रिसोर्ट, बार तथा साना होटलहरू आबद्ध छैनन्। कति संख्यामा त्यस्ता होटलहरू छन् यकिन हुन सकेको छैन।”
ट्रेकिङ एशोसिएशनका अध्यक्ष खुम सुवेदीले पर्यटन उद्योगमा आबद्ध सबै क्षेत्रको जानकारी नहुँदा ठूलो समस्या परेको र ट्रेकिङ व्यवसायीहरू पनि कम्पनी बन्द गरेर घरतिर गएकाले क्षतिको यकिन गर्न नसकिएको बताए।
महामारीबाट होटल, ट्रेकिङ एजेन्सी र ट्राभल कम्पनीका लगानीकर्ता, कर्मचारी र श्रमिकमात्र मारमा परेका छैनन्, हस्तकलाका सामग्री र गार्मेन्टका उत्पादन बिक्री गर्ने व्यवसायीहरू समेत मारमा परेका छन्।
पर्यटन बोर्डले अनुमान गरेर अर्थ मन्त्रालयमा यससम्बन्धी प्रतिवेदन बुझाए पनि आँकडा नै यकिन नभएकाले आउँदो साउन महीनादेखि पर्यटन क्षेत्रमा भएको लगानी र आबद्ध व्यक्तिको तथ्यांक संकलन गर्ने जनाएको छ।
तथ्यांक नभएकै कारण आगामी योजना बनाउन अप्ठ्यारो भएपछि पर्यटन बोडले चैत अन्तिम सातादेखि वैशाख पहिलो सातासम्म एक सर्वेक्षण गरेको थियो।
जसमा पर्यटक सवारी साधन सञ्चालन गर्ने ९५ वटा कम्पनी सहभागी भएका थिए।
त्यसैगरी, पर्वतारोहणसम्बन्धी काम गर्ने १४४, ट्राभल एण्ड टुर्स कम्पनी १४५, रेष्टुरेन्ट ८६, र्याफ्टिङ १२, होटल २५६, वायुसेवा कम्पनी २३ र पर्यटन क्षेत्रका अन्य कम्पनी २६ गरी पर्यटन क्षेत्रका कूल ७८७ कम्पनीमात्रै सहभागी भएका थिए।
ती ७८७ कम्पनीमा एक खर्ब १३ अर्ब ६२ करोड ४५ लाख ६५ हजार ४६४ रूपैयाँ लगानी भएको तथ्यांक संकलन भएको थियो।
" /> काठमाडौं। संसारभर नै कोरोना संक्रमणको महामारीले सबभन्दा धेरै क्षति पुगेको क्षेत्र हो, पर्यटन। हवाई सेवासमेत सिधा जोडिएको छ पर्यटनसँग। अन्य मुलुक झैं नेपालमा पनि पर्यटन क्षेत्र सबभन्दा ठूलो मारमा परेको भनिएको छ। तर, नेपालको पर्यटन क्षेत्रले यसबाट कत्रो क्षति व्यहोर्यो त ?नेपालको पर्यटन उद्योगमा अहिलेसम्म भएको लगानीको आधिकारिक आँकडा नै सरकारसँग छैन। लगानी मात्र होइन, यो क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा आबद्ध श्रमिकको विवरण पनि सरकार र निजी क्षेत्र दुवैसँग छैन।

">