नक्कली लेबल टाँसेको ५३० बोतल रक्सीसहित विराटनगरमा एक व्यापारी पक्राउ

विराटनगर। ब्राण्डेड भन्दै नक्कली रक्सीको कारोबार गर्ने एक व्यवसायी पक्राउ परेका छन्।

विभिन्न ब्राण्डको बोतलमा नक्कलो लेबल टाँसेर बिक्री वितरण गर्ने विराटनगर महानगरपालिका-६ का न्यू.डी.एन ट्रेडर्सका संचालक श्रवण मुखियालाई हिजो, ६ जेठमा प्रहरीले पक्राउ गरेको हो।

उनले विराटनगरमा घर भाडामा लिएर कारोबार गर्दै आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बिक्री गर्न तयारी अवस्थामा राखिएको ५३० बोतल नक्कली रक्सी पनि बरामद गरिएको छ।

बरामद रक्सीसहित मुखियालाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि आन्तरिक राजश्‍व कार्यालय विराटनगरमा बुझाईएको छ।

बरामद भएको रक्सीको बोतलमा आन्तरिक राजस्व कार्यालयको स्टिगरसमेत टाँस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्