काठमाडौँ। एक दशक भयो, गुगल एजुकेटर ग्रूप (जीईजी) ले नेपालका शैक्षिक संस्थालाई प्रविधियुक्त बनाउन सल्लाह दिन थालेको। तर, यो समूहको सल्लाह ग्रहण गर्ने भने साह्रै सिमित थिए।
कोभिड-१९ को महामारी फैलिन थालेपछि भने परिस्थिति फेरियो। स्कुल, कलेज बन्द भए। एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाउने परिस्थिती रहेन।
विद्यार्थी र शिक्षक घरघरमै सिमित भएपछि पठनपाठनको एउटै विकल्प बन्नपुग्यो, प्रविधिको सहारा। परिणाम, ‘जीईजी’ का गुगल प्रमाणित प्रशिक्षक सुशील उप्रेती र सगुन ढुंगानालाई कामले भ्याइनभ्याइ भएको छ।
उनीहरूले अघिल्ला वर्षहरूमा ‘एप्लाईड डिजिटल स्किल’ को प्रशिक्षण दिएका विद्यालयहरूले अहिले बिना कुनै समस्या अनलाइनमा कक्षाहरू राम्रोसँग चलाइरहेका छन्।
तर, धेरै विद्यालयले अहिले सहज तरिकाले डिजिटल कक्षाहरू चलाउन सकिरहेका छैनन्। त्यसैले धेरै विद्यालय र शिक्षकहरू अहिले डिजिटल माध्यमबाट कक्षा सञ्चालन गर्न प्रशिक्षण लिइरहेका छन्।
त्यसैले प्रशिक्षक सगुन ढुंगाना हरेक दिन १२ देखि १४ घण्टा सम्म गुगल मिटमा व्यस्त हुन्छन्। उनले शिक्षकहरूलाई हरेक दिन २ घण्टाको दरले अनलाइनमा पठनपाठन गर्ने सीप सिकाउँछन्।
प्रशिक्षणमा विद्यार्थीलाई इन्टरनेटमै उपलब्ध कस्तो शैक्षिक सामग्री उपलब्ध बनाउने, कसरी अध्यापन सहज बनाउने, आवश्यक सामग्री कसरी खोज्ने र समयको व्यवस्थापन कसरी गर्ने भन्ने सिकाइन्छ। यसबीचमा उनले देशभरिका २५० भन्दा बढी विद्यालयका शिक्षकलाई प्रशिक्षण दिइसकेका छन्। यो प्रशिक्षणले अनलाइन कक्षा सञ्चालनमा सुधार ल्याउने विश्वास गर्छन् प्रशिक्षक ढुंगाना।
२०७२ सालको भुकम्पताका पनि यो समूहले विद्यालय शिक्षालाई निरन्तरता दिएको थियो। त्यतिबेलाको समयलाई उदाहरण मानेर डिजिटल शिक्षामा प्रवेश गरौं भन्दा तयार नभएका विद्यालयलाई अहिले लकडाउनले शिक्षा दिएको दुवै प्रशिक्षक बताउँछन्। त्यसैले गर्दा अहिले उनीहरूले दिनको ४ वटासम्म प्रशिक्षण कक्षा चलाउनुपरेको छ।
अहिलेसम्म २५ सय भन्दा बढी शिक्षकहरूले प्रशिक्षण लिइसकेका छन्। प्याब्सन, एनप्याब्सन, नेल्टा र अन्य सरकारी तथा गैरसकारी शैक्षिक संस्थाहरूले उनीहरूसँग घण्टाको दरमा समय किन्दै प्रशिक्षण सञ्चालन गरिरहेका छन्।
“गाँउघरमा प्रविधिमा पहुँच छैन भन्दै अनलाईन कक्षा शुरूआत नगर्ने भन्ने हुँदैन, शुरूआत त गर्नैपर्छ। लकडाउन खुलेपछि कक्षा कोठामै अध्ययन हुन्छ। अनि अनलाईन र डिजिटल कक्षा बिर्सन्छौँ। फेरी कोरोना जस्तै अर्को महामारी आईपरे डिजिटल अध्यापन गराउने जनशक्ति कहाँबाट ल्याउने ?”- प्रशिक्षक सगुन ढुंगाना
तालिमप्राप्त शिक्षकहरू गुगल डोमेनबाट विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन लिन सक्षम भइसकेको दुवै प्रशिक्षक बताउँछन्।
“१० वर्षमा बुझाउन नसकेको प्रविधिको प्रयोग लकडाउनले एक महिनामै बुझाइदियो”, ब्रिटिश कलेजका शिक्षक समेत रहेका ढुंगाना भन्छन्।
लकडाउनले विद्यालय र शिक्षकहरूलाई डिजिटल प्रविधिमैत्री बन्न उत्प्रेरित गरेको बताउँछन् नेपालका एकमात्र गुगल सर्टिफाइड प्रशिक्षक सुशील उप्रेती।
सधै कक्षाकोठामा मात्र पठनपाठन हुनुपर्छ भन्ने सोचले नेपालको शिक्षा प्रविधिमैत्री हुन नसकेको गुनासो छ यी प्रशिक्षकहरूको। अहिले प्रविधितिर सबैको चासो बढिरहेको मौकामा गाउँघरसम्मै प्रविधिको पहुँच पुर्याउनुपर्ने उनीहरूको मत छ।
“गाँउघरमा प्रविधिमा पहुँच छैन भन्दै अनलाईन कक्षा शुरूआत नगर्ने भन्ने हुँदैन, शुरूआत त गर्नैपर्छ”, ढुंगाना भन्छन्, “लकडाउन खुलेपछि कक्षा कोठामै अध्ययन हुन्छ। अनि अनलाईन र डिजिटल कक्षा बिर्सन्छौँ। फेरी कोरोना जस्तै अर्को महामारी आईपरे डिजिटल अध्यापन गराउने जनशक्ति कहाँबाट ल्याउने ?”
शिक्षामा प्रविधिको प्रयोग गर्दा नेपाली विद्यार्थीहरूले विश्वमा प्रतिस्पर्धा गर्नसक्ने मत राख्छन् दुवै प्रशिक्षक। गुगलले शिक्षामा प्रविधिको प्रयोग बढाउनकै लागि प्रशिक्षकको प्रमाणपत्र पाएकाले उनीहरूले वर्षौंदेखि देशका विभिन्न विद्यालयमा स्वंयसेवक प्रशिक्षकको रूपमा तालिम पनि दिएका थिए।
इजरायल, अष्ट्रेलिया जस्ता देशहरूले प्रविधिमैत्री शिक्षाका लागि लगानी पनि गरे। त्यसैले गर्दा अहिले उनीहरू आफ्नै कोष र केही गुगलकै उपकरण प्रयोग गरेर गुगल मिटमार्फत् तालिम प्रशिक्षण दिइरहेका छन्।
लकडाउनभन्दा पहिलादेखि नै जीईजीले तालिम दिइरहेको छ। पहिले नै तालिम लिएका विद्यालयलाई अहिले अनलाइन कक्षा सञ्चालन गर्न कुनै गाह्रो नभएको पहिले नै प्रशिक्षण लिएका शिक्षकहरू बताउँछन्।
“हाम्रो विद्यालयका सबै शिक्षक अनलाईन कक्षा सञ्चालनका लागि तालिमप्राप्त छन्”, क्रिएटिभ एकेडेमी, किर्तिपुरका शैक्षिक संयोजक खगेन्द्र गौतम भन्छन्, “यो तालिमले विद्यार्थीलाई सरल तरिकाले बताउन सकिने, प्रविधिमा आउने समस्या आफै हल गर्न सकिने, विषयवस्तु आफैँ बनाउन सकिने र क्रिएटिभ बन्न सिकाउँछ।”
" /> काठमाडौँ। एक दशक भयो, गुगल एजुकेटर ग्रूप (जीईजी) ले नेपालका शैक्षिक संस्थालाई प्रविधियुक्त बनाउन सल्लाह दिन थालेको। तर, यो समूहको सल्लाह ग्रहण गर्ने भने साह्रै सिमित थिए।कोभिड-१९ को महामारी फैलिन थालेपछि भने परिस्थिति फेरियो। स्कुल, कलेज बन्द भए। एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाउने परिस्थिती रहेन।

">