काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्शा पारित गर्ने निर्णयप्रति केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभार जनाएका छन्।
आज बिहान आफ्नो फेसबुक पेजमार्फत गौतमले सिमाना व्यवस्थापनसँग सम्बन्धित ऐतिहासिक अभिलेखलाई यो नक्शाले अझ बलियो प्रमाणका रूपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम गरेको बताएका छन्।
नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्शा जारी गर्नुपर्ने विचार आफूले पार्टीमा राख्दै आएको भन्दै सरकारको यो काम स्वागतयोग्य भएको उनको भनाइ छ।
"यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर नेपाल सरकारबाट पनि त्यही अनुरूप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ। हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ", गौतमले भनेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्शा पारित गर्ने निर्णयप्रति केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभार जनाएका छन्।आज बिहान आफ्नो फेसबुक पेजमार्फत गौतमले सिमाना व्यवस्थापनसँग सम्बन्धित ऐतिहासिक अभिलेखलाई यो नक्शाले अझ बलियो प्रमाणका रूपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम गरेको बताएका छन्।

">