प्रसंग १
नाममा ‘गाँजा’ शब्द प्रयोग गरिएकाले नै चलचित्र ‘गाँजाबाजा’ प्रदर्शन हुनबाट दुई वर्ष रोकियो ।
शुरुमा चलचित्र विकास बोर्डले यो फिल्म दर्ता गर्न पनि मानेको थिएन । फिल्म यूनिटले बोर्डविरुद्ध सर्वाेच्च अदालतमा २७ वैशाख २०७३ मा रीट नै दायर गर्यो । दुई वर्षसम्म अदालतले कुनै फैसला दिएन ।
तैपनि २५ फागुन २०७५ मा फिल्म रिलिज भयो, ‘गाजाबाजा’ नाममा । रिलिज पश्चात भने फिल्मबारे कुनै विवाद भएन ।
गाँजाबाजामार्फत् लागुऔषधलाई प्रोत्साहन नभई समसामयिक यथार्थको पाटो चित्रण गरेको निर्देशक गणेशदेव पाण्डेको जिकिर थियो । तर, नामको आधारमा दर्ता प्रक्रिया रोकिएपछि उनले भनेका थिए, ‘लोकतन्त्र र संविधानले मलाई दिएको अधिकारको चलचित्र विकास बोर्डले मजाक उडाउँदै हामीमाथि अंकुश लगायो, त्यही कारण गाँजाबाजा नाम राखेर फिल्म बनाउन नपाउने गलत निर्णय भएको हो।’
प्रसंग २
नेपाली चलचित्र ‘वीर विक्रम २’ को ‘एब्सर्डिस्ट’ समीक्षा गरेबापत् प्रनेश गौतमलाई २४ जेठमा प्रहरीले पक्राउ गर्यो । ‘वीर विक्रम २’ का निर्देशक मिलन चाम्सको उजुरीका आधारमा साइबर अपराध गरेको आरोपमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको थियो । एक साता हिरासतमा राखेपछि हाजिरी जमानतमा प्रनेश रिहा भएका थिए ।
प्रनेशको रिहाइ माग गर्दै काठमाडौंमा प्रदर्शन समेत भएको थियो। उनको गिरफ्तारीले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो ।
प्रसंग ३
नेकपा ‘एमाले’का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० मा चितवनको दासढु्ंगामा रहस्यमय दुर्घटनामा परी निधन भयो । एक दशकअघि निर्देशक मनोज पण्डितले उक्त घटनामा आधारित चलचित्र ‘दासढुंगा’ निर्माण गरे ।
त्यसको एक दशकपछि सोही दुर्घटनामाथि कुमार भट्टराईले ‘दासढुंगाः च्याप्टर २’ चलचित्र निर्माण गर्न नेपाल चलचित्र विकास बोर्डमा दर्ताका लागि आवेदन दिए । आवेदनसँगै छायांकन पनि शुरु गरे । तर चलचित्र विकास बोर्डले चलचित्रमाथि नै रोक लगायो ।
बोर्डको उक्त निर्णयसँगै अब चलचित्र बन्छ कि बन्दैन भन्ने अन्योल बढेको छ । निर्माण अगावै सेन्सर हुनु अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यको हस्तक्षेप हो भन्दै विभिन्न सञ्चार माध्यममा निर्देशक भट्टराईले गुनासो पोखिरहेका छन् ।
यी प्रसंगले कला–साहित्य क्षेत्रमा विभिन्न बहानामा विचार अभिव्यक्तिलाई अंकुश लगाउने प्रयास गरेको देखाउँछ । गत फागुनमै लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको युवा संगठनले गायकलाई धम्की दिँदै प्रेस विज्ञप्ति नै जारी गरेको थियो ।
विज्ञप्तिमा भनिएको थियो – ‘समयमै आफ्ना ज्ञात, अज्ञात गम्भीर त्रुटीहरु सच्याउन अनुरोध गर्छु अन्यथा यो असह्य प्रस्तुतिका कारण एक चर्चित कलाकारको करिअरमा असर पर्न सक्ने कदमका लागि हामी बाध्य हुन नपरोस् ।’
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सिलसिलाका पछिल्ला पीडित बनेका छन्, गायक दुर्गेश थापा । १५ दिनअघि यूट्यूबमार्फत् सार्वजनिक भएको उनको गीत ‘ह्याप्पी तिहार’ ले विकृति, विसंगति फैलाएको भन्दै उजुरी परेपछि आज उनी पक्राउ परे ।
पक्राउपछि उनले यूट्यूबबाट गीत हटाएका छन् भने विज्ञप्ती जारी गर्दै गीतका कारण प्रतिबन्धित गाँजा र इलेक्ट्रोनिक माध्यम यूट्यूबलगायत माध्यमबाट ‘मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति’ क्षमा मागेका छन् । यूट्यूबबाट गीत हटाउन सहमत भएपछि नै उनलाई प्रहरीले रिहा गरेको थियो ।
के उजुरी परेकै आधारमा प्रहरीले कुनै कलाकारलाई उसको सिर्जनाकै कारण पक्राउ गर्नसक्छ ? यसरी पक्राउ गर्दा के हुन्छ ?
“गीत गाउँदैमा व्यक्तिलाई समात्नु गलत हो”, राजनीतिशास्त्री भाष्कर गौतम भन्छन् । गौतमका अनुसार संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएकाले गीत गाउँदैमा कसैलाई समात्नु उचित होइन । “संविधानले अभिव्यक्ति दिन पाउने अधिकार प्रत्याभूत गरेको छ”, गौतम भन्छन्, “व्यक्तिगत रुपमा आक्षेप लगाएर बोलेको वा गाएको छ भने पक्राउ गर्न मिल्छ ।”
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापा संविधानले स्वतन्त्रता प्रत्याभूति गर्दैमा ‘जे मन लाग्यो त्यो बोल्न नपाइने’ तर्क गर्छन् ।
पत्रकार शिव गाउँले भने थापाको भनाइमा असहमत छन् । उनका अनुसार हरेक स्रष्टामा गीत, संगीत र सिर्जनाका माध्यमबाट अभिव्यक्ति दिन पाउने अधिकार हुन्छ । अधिकार हुँदैमा जे पनि गर्न पाइन्छ भन्ने नहुने, तर आफ्नो सिर्जनाले समाजलाई के असर पार्छ भन्नेबारे भने सर्जकहरुले ध्यान दिनुपर्ने उनको धारणा छ ।
“गीत गाएकै भरमा प्रहरीले पक्राउ गर्न थाल्यो भने गीत र सिर्जनामा स्वतन्त्रता नहुन सक्छ”, गाउँले भन्छन्, “त्यसैले सम्बन्धित व्यवसाय वा क्षेत्रले मर्यादा कायम गर्नको लागि आचारसंहिता बनाउन जरुरी छ । राज्यका निकायले धरपकड गर्न हुन्न ।”
गायिका कुन्ति मोक्तान भने स्रष्टा पनि जिम्मेवार हुनुपर्नेमा जोड दिन्छिन् । “समाजप्रतिको सबैको दायित्व रहन्छ । जस्तो गीत गाए पनि दर्शक र श्रोताले सुन्नुहुन्छ भनेर गाउन भएन । कस्तो गीत श्रोतालाई सुनाउने भन्ने बागडोर स्रष्टाको हातमा हुन्छ,” उनले भनिन् ।
कुन्तीका अनुसार गीतको महत्वपूर्ण अंग भनेकै शब्द हो । कुनै पनि गीतको आयु लामो बनाउने काम शब्दले नै गर्छ । उनी भन्छिन्, “अहिले पनि अरुणा लामा, नारायण गोपालको गीतले मान्छेको मनमस्तिष्कमा छाप छोडेको छ । गीतको शब्द सुन्ने वित्तिकै हामी यो गायकले गाएको भनेर सम्झन्छौँ । शब्दमा शक्ति नभएको भए कुनै गीत लामो समयसम्म सदाबहार बन्न गाह्रो हुन्छ । त्यसैले कस्तो गीत लेख्ने, गाउने भन्नेमा कलाकार आफै जिम्मेवार हुनुपर्छ ।”