आयल निगमको अमलेखगञ्ज डिपो बन्द गर्न स्थानीयवासीको दबाब

काठमाडौं। बाराका बासिन्दाले नेपाल आयल निगमको अमलेखगञ्‍ज डिपो बन्द गर्न दबाब दिएका छन्।

त्यसक्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि उनीहरूले डिपो बन्द गर्न दबाब दिएका हुन्।

निगमका अनुसार डिपो क्षेत्रका वडाध्यक्षसहितका स्थानीय बासिन्दाले डिपो बन्द गर्न निरन्तर दबाब दिइरहेका छन्।

स्थानीयवासीले त्यसक्षेत्रमा ट्यांकर प्रवेश र तेल प्रशोधनमा अवरोध गर्दै आएका छन्।

अमलेखगञ्‍ज डिपोमा पाइपलाइनबाट डिजेल आउने गरेको छ। यदि उक्त डिपो बन्द भएमा डिजेलको आपूर्तिमा समस्या हुने निगमले बताएको छ।

अमलेखगञ्‍ज डिपोको मौज्दात क्षमता २० हजार ६ सय किलोलिटर हो ।

त्यस डिपोबाट आयात भएको डिजेल काठमाडौं, भैरहवा, विराटनगर र पोखरामा वितरण गरिन्छ।

प्रतिक्रिया दिनुहोस्