६ करोड जनसंख्या जटिल गरिबीतर्फः विश्व बैंक

वासिङ्टन। कोभिड-१९ महामारीका कारण संसारको ६ करोड जनसंख्या जटिल गरिबीको चक्रमा पर्ने जोखिम रहेको विश्‍व बैंकले औंल्याएको छ।

विश्‍व बैंक समूहका अध्यक्ष डेभिड मलपासले महामारीका कारण यस वर्ष विश्‍वव्यापी आर्थिक वृद्धिदर पाँच प्रतिशत कम हुने सम्भावना रहेको बताए। यसअघि नै लाखौं मानिसले रोजगारी गुमाइसकेका छन्। र, अल्पविकसित मुलुकहरू सकसमा पर्न थालिसकेका छन्।

“६० लाखभन्दा बढी जनसंख्या जटिल गरिबीको चक्रमा पर्ने हाम्रो अनुमान छ,” मलपासले भने, “र, तीन वर्षयता गरिबी निवारणमा प्राप्त उपलब्धी शून्यमा झर्ने सम्भावना छ।”

विश्‍व बैंकले गरिब मुलुकहरूलाई यस गम्भीर अवस्थाबाट निकाल्न एक खर्ब ६० करोड डलर बराबरको अनुदान र कम व्याजदरको ऋण आवश्यक पर्ने प्रक्षेपण गरेको छ।

विश्‍वको ७० प्रतिशत जनसंख्या बसोबास गर्ने एक सयवटा मुलुकलाई यसअघि नै आकस्मिक सहायता उपलब्ध गराइएको बैंकको भनाइ छ।

“विश्‍व बैंकले सीमित स्रोत परिचालन गरेको छ, जुन पर्याप्त छैन,” मलपासले भने।

प्रतिक्रिया दिनुहोस्