राष्ट्रिय सभा शून्य समय : 'विदेशमा अलपत्र नेपालीहरू ल्याऊ'
काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

नेकपा सांसद नन्दा चपाईंले कोरोना संक्रमित बिरामी र दीर्घरोगी तथा गर्भवती महिलाको चेकजाँच एउटै ठाउँमा भइरहेको फरक-फरक व्यवस्था गर्न माग गरिन्।

सुविधायुक्त ठाउँमा संक्रमित व्यक्ति र गर्भवती महिलाको उपचार गर्ने अस्पताल फरक भएपनि धेरै प्रदेशहरूमा दुवै प्रयोजनका लागि एउटै अस्पताल रहेको तर्फ उनले ध्यानाकर्षण गराएकी छन्।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थीले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले विदेशमा संकटमा रहेका नागरिकलाई स्वदेश ल्याउन नसकेको टिप्पणी गरे।

प्राथमिकताका आधारमा उनीहरूलाई उद्धार गर्न माग गर्दै उनले भने, ‘‘जरुरी, सामान्य गरी प्राथमिकताका आधारमा उद्धार गर्न आवश्यक छ। नेपालमा निजी समेत दर्जनौं विमानहरु पनि छन्। सुविधा सम्पन्न होटलहरू छन् तिनीहरुलाई आइसोलेसन र क्वारेन्टाइन बनाऔं र पूर्वराष्ट्रसेवक कर्मचारीहरुलाई समेत प्रयोग गरौं।,

नेकपा सांसद मायाप्रसाद शर्माले द्वन्द्वकालीन समयमा जागिर गुमाएका शिक्षहरुलाई पुनर्वाहली वा क्षतिपूर्तिको लागि बजेट छुट्याउन आग्रह गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्