लकडाउनमा सवारी बीमा शूल्कमा छुट <p>काठमाडौं। लकडाउन अवधिमा सवारी साधनको बीमा शूल्क (प्रिमियम)मा छुट मिल्ने भएको छ।</p> <p>लकडाउन अवधिमा कम मात्रामा सवारी साधान चलेकाले सवारीधनीहरूले बीमा शूल्कमा छुट पाउने भएका हुन्।</p> <p>बीमा समितिले मंगलबार सबै निर्जीवन बीमा कम्पनीलाई बीमा शूल्कमा छुट दिन निर्देशन दिइसकेको छ।</p> <p>जसअनुसार लकडाउन अवधिमा सवारीधनीले कुल बीमा शूल्कको एक तिहाइ रकम भने कम्पनीहरूलाई तिर्नुपर्छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्