लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको अद्यावधिक नक्सा आज सार्वजनिक गरिँदै
<p>काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भारतले अतिक्रमण गरेको भूमि समेटेर तयार पारेको नयाँ अद्यावधिक नक्सा आज सार्वजनिक गर्दैछ।</p>
<p>मन्त्री पद्मा अर्यालले आज दिउँसो नयाँ नक्सा सार्वजनिक गर्न लागि जानकारी दिइन्। मन्त्रालयले तयार पारेको नयाँ नक्सा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो।</p>
<p>हिजो नै मुख्यसचिव लोकदर्शन रेग्मीले नयाँ नक्सा प्रमाणीकरसमेत गरेका थिए। आज दिउँसो सवा २ बजे औपचारिक रूपमा नक्सा सार्वजनिक गर्ने कार्यक्रम छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटिएको नेपालको नक्सा पारित भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्